शनिबार, श्रावन ४, २०७६
    आर्थिक खबर

    विशेष अदालतमा ७८ लाख बैंक ग्यारेन्टी धरौटी बुझाएर छुटे राजनारायण पाठक

    बुधबार, १ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, १ जेठ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग  ७८ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

    भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् ।

    पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

    भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

    विशेष अदालतले बुधबार नै पाठकसँग बयान लिएको थियो ।

    नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    आजै भएकाे थुनछेक बहसपछि पाठकसँग विशेषले घुष लिएकाे विगाे रकम बराबर नै धराैटी माग गरेकाे हाे ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast