प्रधानमन्त्रीलाई मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने १ जना पक्राउ #आहा खबर# “काफल बेचेर कमाएको पैसाले हामी कापीकलम किन्ने र नास्ता खाने गर्दछौँ” #आहा खबर# शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से ९ अंकले घटेर १ हजार ३ सय ७ अङ्कमा थामियो #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सँगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर#

    aahakhabar

    स्कुल-कलेज

    पाँचथरमा पहिलो पल्ट सिभिल इञ्जिनीयरिङको पढाइ शुरु

    बुधबार, १ जेष्ठ २०७६, आहाखबर

    पाँचथर, १ जेठ 

    पाँचथर जिल्लाको सदरमुकाममा रहेको फिदिम मावि फिदिममा इञ्जिनीयरिङको पढाइ शुरु गरेको छ । जिल्लामा इञ्जिनीयरिङ सेवा पढाइ नहुँदा विद्यार्थी अन्य जिल्ला र राजधानी गएर पढ्न बाध्य थिए । स्थानीयवासीका छोराछोरीले पैसाको अभावका कारण आफूले रुचाएको विषय इञ्जिनीयरिङ यहाँ सहजरुपमै पढ्न पाउने भएका हुन् ।

    फिदिम माविले अब कक्षा ९ बाट १२ कक्षासम्म निःशुल्क इञ्जिनीयर पढाइको व्यवस्था गरेपछि अब विद्यार्थीले इञ्जिनीयर पढ्न जिल्लाबाहिर जानु नपर्ने भएको हो । फिदिम माविका प्रअ विनोद ठाकुरले भन्नुभयो, “हामीले लामो प्रयासपछि जिल्लामै सिभिल इञ्जिनीयरको कक्षा शुरु गरेका छौँ । सरकारी स्वीकृति प्राप्त भएसँगै हामीमा काम गर्ने उत्साह थपिएको छ ।”

    पाँचथरमा स्वीकृतिका लागि प्रक्रिया थालिएको चार विद्यालयमध्ये दुई विद्यालयले त्यस्तो प्रकारको स्वीकृति पाएका हुन् । ठाकुरले भन्नुभयो, “फिदिम माविसँगै इन्द्रायणी मावि मौवा, घुर्बिशे पञ्चमी मावि र कृष्ण मावि चिलिन्दिनले प्रक्रिया थालेका थिए । नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो अनुगमनपछि फिदिम मावि र इन्द्रेणी मावि मौवालाई स्वीकृत प्राप्त भएको हो ।” 

    इन्द्रायणी मावि मौवामा पशु विज्ञानका विषयमा पढाइ हुनेछ भने फिदिम माविमा सिभिल इञ्जिनीयरिङ विषयमा पढाइ शुरु गरिएको छ । यसअघि जयनाराण आदर्श मावि आङसाराङमा कृषि विज्ञान पढाइ भइरहेको छ । जिल्लामा पछिल्लो पटक थपिएका दुई विद्यालयसहित तीन विद्यालयमा प्राविधिक कक्षा सञ्चालन भएका हुन् ।

    विद्यालयलाई स्वीकृति प्राप्त भएसँगै एक प्रशिक्षक, एक सहायक प्रशिक्षक, एक सब ओभरसियर आवश्यक परेको प्रअ ठाकुरले बताउनुभयो । हाललाई फिदिम नगरपालिकामा कार्यरत इञ्जिनीयरहरुले विद्यालयमा पठनपाठन गराइरहेको प्रअ ठाकुरको भनाइ छ । नयाँ शिक्षकका लागि विज्ञापनमार्फत कर्मचारी माग गरिएको उहाँको भनाइ छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast