काफलको सिजन सुरु भय सगै अध्ययनका लागि बालबालिकाले काफल बेच्दैं #आहा खबर# शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से ९ अंकले घटेर १ हजार ३ सय ७ अङ्कमा थामियो #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर#

    aahakhabar

    कृषि-उर्जा

    कास्कीको ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गरिँदै

    बुधबार, १ जेष्ठ २०७६, आहाखबर
    पोखरा, १ जेठ
     
    कास्कीको अन्नपूर्ण गाउँपालकाले यहाँका ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो ।
     
    चालू आर्थिक वर्षमा नै ६५ हजार बिरुवा वितरण गर्ने योजनाअन्तर्गत यही असार मसान्तभित्र कृषकले आ–आफ्ना खेतबारीमा बिरुवा सारिसक्ने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । “कृषकको चाहनाअनुसार उहाँहरूले के के जातका फलफूल लगाउन चाहानुहुन्छ, हामीले वडा कार्यालयमार्फत् निवेदन माग गरेका छौँ”, उहाँले भन्नुभयो, “जग्गामा बढ्दै गएको अम्लीपनको निवारणका लागि गाउँपालिकाभित्र ५८५ बोरा कृषि चुन निःशुल्क वितरण गरिसकिएको छ ।”
     
    गाउँपालिकाले कृषकलाई वितरण गर्नका लागि धनकुटा पाख्रीबासबाट पाँच हजार एबोकार्डो, दुई हजार सुन्तलाका बिरुवा ल्याएको छ । त्यस्तै १० हजार कुरिलो, चार हजार लप्सी, १० हजार तेजपत्तालगायतका बिरुवा गाउँपालिकाको नर्सरीबाटै उत्पादन गरेको उहाँले जानकारी दिनुभयो । उत्पादनका माध्यमबाट सर्वसाधारणको आयआर्जनमा वृद्धि गर्ने गाउँपालिकाको लक्ष्य रहेको उल्लेख गर्दै अध्यक्ष कुँवरले त्यसका लागि स्थानीयवासीको जागरुकता अपरिहार्य भएको बताउनुभयो । 
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast