शनिबार, श्रावन ४, २०७६
    बैंक-बीमा

    भरतपुर आँखा अस्पताल र वीरेन्द्र विद्या मन्दिरलाई जनता बैंकको साथ

    बुधबार, १ जेष्ठ २०७६, आहाखबर

    भरतपुर, १ जेष्ठ । 

    जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत चितवनस्थित भरतपुर आँखा अस्पताललाई रु. २ लाख ६० हजार बराबरको २० थान थ्री सिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । 

    बैंकका भरतपुर क्षेत्रीय उपप्रमुख सञ्जय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष श्री कृष्णराज धरेललाई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । 

    भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योती संघद्वारा संचालित गैर नाफामुलक उक्त अस्पतालले चितवन लगायत आसपासका जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा संचालन गरिरहेको छ । 

     

    क्याम्पसलाई पुस्तक सहयोग

    त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रहँदै जनता बैंकले वीरेन्द्र विद्या मन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई रु. ७५ हजार बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु समेत उपलब्ध गराएको छ । 

    जनस्तरबाट संचालित उक्त क्याम्पसमा हाल करिब ५ शय विद्यार्थी अध्ययनरत् छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast