देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर# प्रतिनिधिसभामा आज - नर्स र शिक्षकको मागदेखि सांसदको क्षमायाचनासम्म #आहा खबर# ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्योपचार सेवा #आहा खबर#

    aahakhabar

    ओएमजी Omg!

    मानिसको पेटबाट ११६ वटा फलामका किला निस्किएपछि डाक्टर नै तीनछक्क !

    बुधबार, १ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, १ जेष्ठ ।

    भारतको राजस्थानमा एक व्यक्तिको पेटबाट डाक्टरले ११६ वटा किला निकालेका छन् । साढे ६ इन्च लम्बाई भएका ११६ वटा फलामका किला डाक्टरले बिरामीको अप्रेशन गरेर निकालेका हुन् ।

    राजस्थानको बुन्दी जिल्लाका ती व्यक्तिको पेटबाट किला सहित फलामका गोली र तार पनि निकालिएको छ ।

    डाक्टर अनिल सैनीले दुई घण्टा लगाएर ४२ वर्षका पुरुषको शल्यक्रिया गरेका थिए । ती व्यक्ति मानसिक रोगी रहेको बताइएको छ ।

    यति ठूलो संख्यामा पेटमा किला रहेको र ती व्यक्ति अझै पनि जिउँदै रहेको घटनाले डाक्टर समेत अचम्ममा परेका थिए ।

    बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ तर उनी कुरा गर्न सक्ने अवस्थामा नरहेका कारण घटनाबारे थप जानकारी प्राप्त भएको छैन ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast