प्रधानमन्त्री ओलीले सुरु गरे अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर# प्रतिनिधिसभामा आज - नर्स र शिक्षकको मागदेखि सांसदको क्षमायाचनासम्म #आहा खबर# ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्योपचार सेवा #आहा खबर# पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई #आहा खबर# जुनार किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार #आहा खबर#

    aahakhabar

    मुभी-थिएटर

    ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ एक साथ भिड्दै, सिने क्षेत्रमा चासो र चिन्ता

    बुधबार, १ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, १ जेठ ।

    नेपाली चलचित्र ‘वीर विक्रम २’ ‘जात्रै जात्रा’  जेठ ३ गते एक साथ रिलिज हुँदैछ । नेपाली चलचित्रका दुई सुन्दरी नायिका वर्षा राउत र वर्षा शिवाकोटी अभिनित छुट्टाछुट्टै चलचित्र एकै दिन जुध्दैछन् । 

    आशा गरिएका ठूला ब्यानरका दुई चलचित्र आपसमा जुध्ने भएपछि नेपाली सिने क्षेत्रमा चासो र चिन्ता देखिएको छ ।

    ‘जात्रै जात्रा’ कमेडी जनरामा बनेको चलचित्र हो । जसलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । चलचित्रमा विपीन कार्की, दयाहाङ राई, रवीन्द्र सिंह बानियाँलगायतको अभिनय रहेको छ । निर्देशक भट्टराईले चलचित्रले दर्शकलाई मनोरञ्जन दिने बताए । यसअघि ‘जात्रा’ चलचित्रबाट पाएको तारिफ यसको सिक्वेलबाट पाउनेमा वर्षा राउत आशावादी देखिएकी छन् ।

    उता, मिलन चाम्सले प्रेमकथा र सामाजिक विषयवस्तुलाई लिएर ‘वीर विक्रम २’ निर्देशन गरेका छन् । यो पनि अघिल्लो ‘वीर विक्रम’ को सिक्वेल चलचित्र हो । अघिल्लो चलचित्रमा दयाहाङ राई नायक भए पनि ‘वीर विक्रम २’ मा पल शाह र वर्षा शिवाकोटीको जोडी छ । अझ नाजिर हुसेन पनि भएकाले यो चलचित्रको हाइप अलि बढेको छ ।

    तर, दुई सुन्दरी नायिका वर्षा राउत र वर्षा शिवाकोटी भने आपसमा जुध्नुपरेकाले त्यति खुसी छैनन् । वर्षा शिवाकोटीले त दुश्मन लागेर आफूहरूबीच प्रतिस्पर्धाको स्थिति आएको सार्वजनिक रूपमै बताएकी छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast