प्रधानमन्त्रीलाई मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने १ जना पक्राउ #आहा खबर# “काफल बेचेर कमाएको पैसाले हामी कापीकलम किन्ने र नास्ता खाने गर्दछौँ” #आहा खबर# शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से ९ अंकले घटेर १ हजार ३ सय ७ अङ्कमा थामियो #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सँगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर#

    aahakhabar

    सावधान

    यार्सागुम्बाको अवैध चोरी रोक्न पाटनमै गस्ती, ठूलोे सङ्ख्यामा खटिए प्रहरी र सेना

    बुधबार, १ जेष्ठ २०७६, आहाखबर
    डोल्पा, १ जेठ 
     
    यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि डोल्पाका यार्सा पाटनमा सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको हो ।
     
    पाटनमा हुने अवैध तस्करी रोक्नका लागि जिल्लाका विभिन्न यार्सागुम्बा पाटनमा ठूलोे सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटाइएको छ । निकुञ्जभित्र पर्ने यार्सा पाटनमा गस्तीका लागि नेपाली सेना खटाइएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
     
    जेठ १३ मा मात्रै यार्सागुम्बा सङ्कलनका लागि यार्सा पाटन खुल्ला गर्ने निर्णय भएकाले यसअघि अवैधरुपमा पाटन छिर्ने जो कोहीलाई सेनाको सुरक्षा गस्तीले पक्राउ गर्ने निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने भोक्पा, भाङ्का, सागबारी, कुनासालगायतका यार्सा पाटनमा सेनाले गस्ती गरिरहेको छ । 
     
    निकुञ्जका अनुसार जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रभित्र पर्ने यार्सा पाटनमा पनि सुरक्षा व्यवस्था कडाइ गरिएको छ । ठूलीभेरी नगरपालिकाअन्तर्गतका माझफाल, थरगाउँ, दुरगाउँ, तालीमा पर्ने विभिन्न यार्सा पाटनमा सुरक्षा व्यवस्था कडाइ पारिएको छ ।
     
    यार्सागुम्बाको औपचारिक रुपमा सङ्कलन गर्ने समय अगावै चोरी निकासी नहोस् भनेर मेली सामुदायिक वनअन्तर्गतका रुपपानी, माजडाँडा, फुर्के, ज्ञाने, माजगाडीलगायतका दर्जनाँै यार्सागुम्बा पाटनमा स्थानीय युवा र सशस्त्र प्रहरीले सामूहिक गस्ती गरिरहेको छ । जिल्ला प्रवेश गर्ने यार्सा पाटनका नाकामा समेत विशेष कडाइ गरिएको समितिले जनाएको छ ।
     
    विगतका वर्षमा पाटन खुल्नुअगावै तस्करले समूह बनाएर यार्सागुम्बाको अवैध चोरी निकासी गर्ने गरेकाले त्यसलाई रोक्न २८ गतेदेखि स्थानीय र सशस्त्र प्रहरी मिलेर गस्ती शुरु गरेको स्थानीय युवा सुशील बुढाले बताउनुभयो । अघिल्ला वर्षमा स्थानीय गस्ती टोली र यार्सा तस्करबीच गोली हानाहानसम्म हुने र स्थानीय त्रसित हुने भएकाले यस्तो हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । 
     
    मेली सामुदायिक वन क्षेत्रमा लेकको बाटोबाट प्रवेश गर्ने अधिकांश रुकुमेली सर्वसाधारण हुने गर्दछन् । यस वन क्षेत्रमा करीब २०० देखि ३०० किलोसम्म यार्सागुम्बा पाइने अनुमान गरिएको छ ।
     
    यार्सागुम्बा सङ्कलनका लागि बीसौँ हजार सर्वसाधारण डोल्पाका यार्सा पाटनमा पुग्ने गर्दछन् । डोल्पाली मात्रै नभई छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्ला, मुगुलगायतका मान्छेका लागि आयआर्जनको मुख्य स्रोत नै यार्सागुम्बा सङ्कलन हो ।
     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast