प्रधानमन्त्री ओलीले सुरु गरे अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर# प्रतिनिधिसभामा आज - नर्स र शिक्षकको मागदेखि सांसदको क्षमायाचनासम्म #आहा खबर# ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्योपचार सेवा #आहा खबर# पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई #आहा खबर# जुनार किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार #आहा खबर#

    aahakhabar

    धर्म-संस्कृति

    अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला जेठ ३ देखि

    बुधबार, १ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १ जेठ

    सरकारको सहभागितामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागको आयोजना तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको सहकार्यमा यही जेठ ३ देखि ५ गतेसम्म मेला हुन लागेको हो । 

    खानी तथा भूगर्भ विभाग परिसर लैनचौरमा हुने मेलामा नेपालमा उत्खनन भएका अति महत्वपूर्ण तथा महत्वपूर्ण सुन, चाँदी, रत्न पत्थरलगायतका सामग्री प्रदर्शनीमा राखिनेछन् । नेपालको पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म फैलिएका हिमशृङ्खला तथा पहाडमा बहुमूल्य रत्न पत्थर पाइने गरेको र त्यसलाई प्रदर्शन गर्न लागिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

    स्वदेशी रत्न, पत्थर तथा खनिजको प्रवद्र्धन गरी आभूषणको निर्यात विस्तार एवं आयात प्रतिस्थापनामा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको विभागका सहसचिव जयराज घिमिरेले जानकारी दिनुभयो । नेपालमा उत्खनन भएका रत्न पत्थर तथा गरगहनाको मौलिकता, विविधता, विशिष्टतालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गरी निर्यात प्रवद्र्धन, रोजगारी विस्तार एवं राजश्व अभिवृद्धिमा थप योगदान पुग्ने विभागको विश्वास छ । 

    मेलामा सरकारका सम्बन्धित क्षेत्रका विभिन्न निकाय, निजी क्षेत्रका अग्रणी संस्था, भारत, चीन, थाइल्याण्ड, जापान, म्यानमार, श्रीलङ्का, बङ्गलादेश, मलेशियालगायतका ७० स्टल रहने सहसचिव घिमिरेले बताउनुभयो । मेलामा खनिज प्रशोधनसम्बन्धी विभिन्न प्रविधि देखाउनका साथै विभिन्न बैठक हुने आयोजकले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast