प्रधानमन्त्रीलाई मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने १ जना पक्राउ #आहा खबर# “काफल बेचेर कमाएको पैसाले हामी कापीकलम किन्ने र नास्ता खाने गर्दछौँ” #आहा खबर# शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से ९ अंकले घटेर १ हजार ३ सय ७ अङ्कमा थामियो #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सँगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर#

    aahakhabar

    लाइफस्टाइल

    सवारीसाधन चलाउन सिकाएर बेरोजगार युवालाई स्वरोजगार बनाउदै सरकार

    बुधबार, १ जेष्ठ २०७६, –केदार मगर.

    खोटाङ, १ जेठ

    बेरोजगार युवालाई आफ्नै देशमा स्वरोजगार बनाउने उद्देश्यले खोटाङको रावाबेँसी गाउँपालिकामा सवारी चालकसम्बन्धी तालीम शुरु गरिएको छ । गाउँपालिकाका ३० बेरोजगार युवालाई सवारीसाधन चलाउन सिकाएर स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले एक महीने तालीम शुरु गरिएको हो ।

    गाउँपालिकाको आर्थिक सहयोगमा कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालिले आयोजना गरेको सवारी चालक तालीममा पहिलो चरणअन्तर्गत हलुका सवारीसाधन चलाउन सिकाइने जनाइएको छ । तालीममा सहभागीलाई दक्ष चालक बनाउन ह्याभी (ठूला सवारी) चलाउन सक्नेगरी अर्को चरणको तालीमसमेत दिइने गाउँपालिकाले जनाएको छ ।
     
    तालीममा गाउँपालिकाका छ वडाका पाँच-पाँचका दरले १८ वर्षदेखि ३७ वर्ष उमेर समूहका युवाको सहभागिता रहेको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । “रोजगारीको अभावमा युवाशक्ति विदेशिनेक्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “बढ्दो युवाशक्ति विदेशिनेक्रमलाई न्यूनीकरण गर्दै आफ्नै देशमा स्वरोजगार बनाउन तालीमको व्यवस्था गरिएको हो ।”

    रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालन गरिएको तालीममा हलुका सवारीसाधनअन्तर्गत जिप हाँक्ने तालीम सञ्चालन भइरहेको छ । उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका महिला, दलित, अपाङ्गता भएका व्यक्तिलगायतलाई समेत स्वरोजगारमूलक तालीमको व्यवस्था गरेको छ ।
     
    महिलाका लागि ढाका बुनाइ तथा सिलाइ-कटाइ, दलितका लागि आरन व्यवस्थापन तथा आधुनिक औजार निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि उनीहरुको क्षमताअनुसार तालीमको व्यवस्था गरिएको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । जीवन निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउनसमेत गाउँपालिका लागिपरेको जनाइएको छ ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast