शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर १ हजार ३०७.७१ अङ्कमा #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर# प्रतिनिधिसभामा आज - नर्स र शिक्षकको मागदेखि सांसदको क्षमायाचनासम्म #आहा खबर#

    aahakhabar

    कला-सौन्दर्य

    लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट, त्यसपछिको ‘चाहना’ र ‘हातेमालो’

    मंगलवार, ३१ बैशाख २०७६, आहाखबर
    नेपाली सेनाद्वारा मंगलबार काठमाडौँमा आयोजित लघु चलचित्र प्रतियोगिता २०७५ को पुरस्कार वितरण कार्यक्रममा सहभागी हुँदै प्रधान सेनापति पूर्णचन्द्र थापालगायत । तस्वीर ः रत्न श्रेष्ठ, रासस, काठमाडौँ ।

    काठमाडौ, ३१ बैशाख 

    नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा मंगलबार साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद रु दुई लाखसहित प्रशंसापत्र प्रदान गर्नुभयो ।
     
    प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए । समारोहमा दोस्रो हुने चलचित्रलाई रु एक लाख ५० हजार तथा तेस्रो हुने चलचित्रलाई रु एक लाख नगद र प्रशंसापत्र प्रदान गरियो । 
     
    समारोहमा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक र द शिवपुरी जर्नलका उत्कृष्ट तीन  लेखलाई पुरस्कृत गरियो । महासेनानी रञ्जीत थापा, प्रमुख सेनानी शिवराज पन्त र चिरञ्जीवी भण्डारीका लेख उत्कृष्ट घोषित भए । उत्कृष्ट घोषित लेखका सर्जकलाई क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार नगद पुरस्कार र कदरपत्र प्रदान गरियो ।
     
    सोही समारोहमा प्रधानसेनापति थापाले नेपाली सेनासम्बन्धी विभिन्न जानकारीमूलक मोबाइल एपकोसमेत शुभारम्भ गर्नुभयो । कार्यक्रममा बलाधिकृत रथी शरदकुमार गिरीले सैनिक रेडियो कार्यक्रम प्रशारण गर्ने छ वटा रेडियो तथा एफएम स्टेशनलाई कदरपत्र प्रदान गर्नुभयो ।

    ‘नेपाली सेनासम्बन्धी बृहत् प्रदर्शनी २०७५’ मा हुने टुमु कोतखाना डिपो, द्वितीय हुने प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालय र तृतीय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय लगायतलाई पनि समारोहमा प्रशंसापत्र प्रदान गरियो ।

    प्रत्येक वर्ष नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गरी उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गर्दै आएको छ । यस्ता प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्र उत्पादनमा उल्लेखनीय भूमिका खेल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा ११ चलचित्र सहभागी थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast