शनिबार, श्रावन ४, २०७६
    बिदेश

    पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    मंगलवार, ३१ बैशाख २०७६, आहाखबर

    हङकङ, ३१ वैशाख ।

    पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७.५ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) ले जनाएको छ ।

    भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ ।

    भूकम्पको केन्द्रविन्दु पपुवा न्यूगिनीको उत्तरपूर्वी कोकोपो टापूमा पृथ्वीको सतहदेखि ४४ किलोमिटरको गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast