प्रधानमन्त्री ओलीले सुरु गरे अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर# प्रतिनिधिसभामा आज - नर्स र शिक्षकको मागदेखि सांसदको क्षमायाचनासम्म #आहा खबर# ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्योपचार सेवा #आहा खबर# पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई #आहा खबर# जुनार किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार #आहा खबर#

    aahakhabar

    शेयर बजार

    हिमाल दोलखा हाइड्रोपावर कम्पनीले साधारण शेयर बिक्री गर्ने

    मंगलवार, ३१ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, ३१ वैशाख ।

    नेपाल धितोपत्र बोर्डले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि  स्वीकृति दिएको छ । 

    बोर्डका अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका बासिन्दालाई १६ लाख कित्ता साधारण शेयर बिक्री गर्नेछ । दोस्रो चरणमा ६२ लाख कित्ता साधारण शेयर आम सर्वसाधारणलाई बिक्री गर्नेछ । कम्पनीले कूल ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्ने गरी बोर्डबाट स्वीकृति पाएको हो । 

    कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ । केयर रेटिङ नेपाल लिमिटेडले गरेको वित्तीय विश्लेषणमा ग्रेड चार प्राप्त गरेको छ । 

    कम्पनीले निर्माण गरेको ४.५५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत् आयोजना र आठ मेगावाट क्षमताको माई साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजना इलाममा अवस्थित छ । 

    बोर्डले हालसम्म विभिन्न २५ कम्पनीलाई रु सात अर्ब २४ करोड चार लाख १६ हजार ८०० बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिइसकेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast