मंगलवार, श्रावन ७, २०७६
    अावास-निर्माण

    ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि गौतम बुद्ध विमानस्थलको काम रोकियो

    मंगलवार, ३१ बैशाख २०७६, आहाखबर
    (फाईल तस्बिर)

    भैरहवा, ३१ वैशाख ।  

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राष्ट्रिय गौरवको आयोजना मध्येकै एक हो । यसको निर्माण कार्य रोकिएको जानकरी प्राप्त भएको छ । गिटी-बालुवा अभाव र ठेकेदार कम्पनीले कामबापतको भुक्तानी नपाएपछि निर्माणको काम रोकिएको हो । 

    उपमहानगरपालिकाको असहयोग

    बुटवल उपमहानगरपालिकाले मूल्य बढाउन भन्दै ठेकेदार कम्पनीलाई गिटी बालुवा लान नदिएपछि असारमा सक्ने भनिएको विमानस्थलको काम रोकिएको हो । 

    सरकारी ढिलाइले ठेकेदारलाई उपलब्ध गराउनु पर्ने खर्चको भुक्तानी हुन सकेको छैन। विमानस्थल निर्माण तीव्र गतिमा भइरहेका बेला अवरोध सिर्जना भएको हो। बुटवल उपमहानगरपालिकाले सम्झौताअनुरूप नदीजन्य निर्माण सामग्री (गिटी-बालुवा) उपलब्ध गराएको छैन। त्यसले काम अवरुद्ध बनेको हो।

    डेढ महिनाभित्र सकिने

    बिमानस्थलको काममा कुनै अवरोध नभए अबको डेढ महिनाािभत्र निर्माण सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । उनले करिब ७२ प्रतिशत काम पुरा भइसकेको बताए । 'अबक करिब १८ प्रतिशतका काम उपकरण जडानको हो' उनले भने, 'धावनमार्गको ९५ प्रतिशत ट्याक्सी वेको ७५ प्रतिशत काम सकियो ।' उनले जहाज पार्किङ ढलानको काम पुरा भइसकेको जनाए ।

    टर्मिनल भवनको अवस्था

    बिमानस्थलको टर्मिनल भवनमा छाना हाल्ने र टर्मिनल भवनको फिनिसिङ काम भइरहेको आयोजनाले जनाएको छ । आठ तलाको कन्ट्रोल टावरमध्ये अन्तिम तलाको काम भइरहेको अधिकारीले बताए । विमानस्थल वरिपरिको तारबार लगाउने र नालीको काम अन्तिम चरणमा छ । गिटी वालुवा रोकिएपछि धावनमार्गको वरिपरि सडक निर्माण र टर्मिन भवन अगाडिको सडक र गाडी पार्किङ क्षेत्र गिटी बालुवाका कारण रोकिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast