देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर# प्रतिनिधिसभामा आज - नर्स र शिक्षकको मागदेखि सांसदको क्षमायाचनासम्म #आहा खबर# ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्योपचार सेवा #आहा खबर#

    aahakhabar

    लाइफस्टाइल

    बेरोजगारले २ महिनाभित्र रोजगारी पाउँदै, आज नाम दर्ता गराउने अन्तिम दिन

    मंगलवार, ३१ बैशाख २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौँ, ३१ वैशाख ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिनकाे रोजगारी सरकारले उपलब्ध गराउने भएकाे हाे । 

    यस आर्थिक वर्षमा सय दिनकै रोजगारी दिन नसकिएकाले एक महिनाका लागि मात्रै रोजगारी दिने तयारी गरिएकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    त्यसका लागि सम्बन्धित स्थानीय तहमा २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकिएको मन्त्रालयले जानकारी दिएकाे छ । 

    याे कार्यक्रम सञ्चालन गर्न स्थानीय तहले ५ लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान पाएका छन् । स्थानीयस्तरमा हुने पूर्वाधार निर्माण तथा सामुदायिक विकाससम्बन्धी कार्यक्रमअन्तर्गत सूचीकृत बेरोजगारलाई ३० दिनको रोजगारी दिइने मन्त्रालयले जनाएको छ ।

    जसअनुसार स्थानीय तहले एउटा आयोजनामा बढीमा ५ लाख रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।

    यो प्रत्येक स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई पूर्वाधार निर्माण तथा अन्य सार्वजनिक आयोजनामा संलग्न गराएर ज्यालाबापत नगद भुक्तानी गर्ने अल्पकालीन कार्यक्रम हो ।

    आउँदो असार मसान्तभित्र खर्च गरिसक्नुपर्ने गरी सबै स्थानीय तहको खातामा ससर्त अनुदान रकम पठाइएको हो । बेरोजगारमा सूचीकरणका लागि आवेदन दिने अन्तिम दिन आज मंगलबार हो ।

    आउने दुई महिनाभित्र देशका एक लाखभन्दा बढी बेरोजगारलाई सरकारले रोजगारी दिने भएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast