मंगलवार, श्रावन ७, २०७६
    खेल संसार

    फर्केर हेर्दा : 'IPL' मा Watson को बहादुरी ! रगत बगिरह्यो खेल चलिरह्यो

    मंगलवार, ३१ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, ३१ वैशाख ।

    इन्डियन प्रिमियर लिग (आईपीएल)को सिजन १२ सकिएको छ । फाइनलमा मुम्बईले चेन्नाईलाई एक रनले पराजित गरेर उपाधि जित्यो । तर यो रोमाञ्चक खेलको एक यस्तो कहानी बाहिर आएको छ जसलाई सुनेर हरेक क्रिकेट प्रेमीले गर्व गर्नेछ ।

    चेन्नाईका ब्याट्सम्यान शेन वाटसनले फाइनलमा ८० रनको बेजोड पारी खेलेपनि आफ्नो टीमलाई जिताउन सकेनन् ।

    वाटसनका साथी क्रिकेटर हरभजन सिंहले खुलासा गरेका छन् कि वाटसनको खुट्टामा चोट लागेको थियो र लगातार रगत बगिरहेको थियो । तर पनि उनी ब्याटिङ् गरिरहेका थिए ।

    टीमका स्पिनर हरभजन सिंहले आफ्नो इन्स्ट्राग्राममा लेखेका छन कि वाटसनको खुट्टामा गहिरो चोट थियो। लगातार रगत बगिरहेको थियो ।

    सिंहले भनेका छन् ‘तर, वाटसनले यो कुरा टीमका कसैलाई भनेनन् ब्याटिङ् गरिरहे । वाटसन आउट भएर पेवेलियन फर्केपछि मात्रै चेन्नाईको टीमलाई यो कुराको जानकारी भएको थियो ।’

    हरभजनका अनुसार वाटसनको खुट्टामा म्याच सकिएपछि ६ वटा टाका लगाइएको थियो ।

    वाटसन चेन्नाईका लागि ओपनिंग गर्न आएका थिए र अन्तिम ओभरमा आउट भए । उनले ५९ बलको सामना गरेर ८० रन बनाएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast