काफलको सिजन सुरु भय सगै अध्ययनका लागि बालबालिकाले काफल बेच्दैं #आहा खबर# शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से ९ अंकले घटेर १ हजार ३ सय ७ अङ्कमा थामियो #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सँगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर#

    aahakhabar

    शेयर बजार

    चीन-अमेरिका व्यापार युद्ध : बदला लिने चिनियाँ घोषणापछि अमेरिकी बजारमा असर

    मंगलवार, ३१ बैशाख २०७६, - बीबीसी.

    काठमाडौँ, ३१ वैशाख ।

    चीन र अमेरिकाबीच व्यापारिक तनाव झनै चर्किने सङ्केत देखिएको छ । साठी अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने चिनियाँ घोषणापछि अमेरिकाका शेयर बजारमा त्यसको असर देखिएको छ ।

    चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ ।

    अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले आगामी जुन १ देखि लागु हुनेगरी ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाउने घोषणा गरेको छ ।

    गत शुक्रवार अमेरिकाले २०० अर्ब डलर बराबरका सामानमा थप कर लगाउने घोषणा गरेको थियो ।

    त्यसको असर अहिले अमेरिकी शेयर बजारमा परेको छ । त्यहाँ पछिल्लो कारोबारको क्रममा डाउ जोन्स छ सय भन्दा कम बिन्दुमा आएर रोकिएको छ ।

     

    बेवास्ता

    कर नबढाउन अमेरिकी राष्ट्रपतिले दिएको चेतावनीलाई चीनले बेवास्ता गरेको छ। उसले मासु, सागसब्जी, फलफूलको रस, खाने तेल, चिया र कफीजस्ता पाँच हजार जति अमेरिकी सामानमा पाँचदेखि २५ प्रतिशतसम्म कर थप्ने निर्णय गरेको छ ।

    चीन र अमेरिकाबीच चर्किएको व्यापारिक तनावबारे चिन्ता बढ्दै गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ सो विषयमा चिनियाँ राष्ट्रपति सि जिन्पिङसँग अर्को महिना छलफल हुन सक्ने बताएका छन् ।

    दुई नेताबीच अर्को महिना जापानमा हुने जी-२० समूहको बैठकमा भेट हुने कार्यक्रम छ ।

     

    चिन्ता

    त्यसअघि ट्रम्पले चीनले अमेरिकाबाट धेरै रकम लगिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

    उनले भनेका थिए, "चीनले अमेरिकाबाट निकै धेरै फाइदा लिँदै आएको छ । ओबामाको शासनकालभन्दा पनि पहिलेदेखि नै त्यस्तो हुँदै आएको थियो । अहिले पनि चीनले वर्षमा ४०० देखि ६०० अर्ब डलर अमेरिकाबाहिर लगिरहेको छ । अब हामी त्यस्तो हुन दिने छैनौँ ।"

    बेइजिङले अमेरिकी कदमको प्रतिक्रियास्वरूप त्यस्तै निर्णय गर्न आफू बाध्य भएको बताएको छ ।

    शुक्रवार अमेरिकाले २०० अर्ब डलरको चिनियाँ सामानमा दुई गुणाभन्दा बढीले कर लगाउने घोषणा गरेको थियो । गत साता दुई देशबीचको व्यापार वार्ता विफल भएपछि पछिल्लो तनाव बढेको हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast