प्रधानमन्त्रीलाई मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने १ जना पक्राउ #आहा खबर# “काफल बेचेर कमाएको पैसाले हामी कापीकलम किन्ने र नास्ता खाने गर्दछौँ” #आहा खबर# शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से ९ अंकले घटेर १ हजार ३ सय ७ अङ्कमा थामियो #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सँगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर#

    aahakhabar

    अध्यात्म चर्चा

    गौतमबुद्धद्वारा मानव जातिलाई नैतिक सत्कर्मको महत्वपूर्ण पाठ : चतुर्थआर्यसत्य

    सोमबार, ३० बैशाख २०७६, निरा गौतम.

    काठमाडौँ, ३० वैशाख

    ‘यो चे वस्ससतं जीवे–दुस्सीलो असमाहितो, एका हं जीवितं सेच्यो – शीलवन्तस्स झाथिनो’ अर्थात् ‘दुराचारी  व्यक्तिको सय वर्षको जीवनभन्दा शीलवान् व्यक्तिको एक दिनको जीवन नै उत्तम छ’, गौतमबुद्धको यो महत्वपूर्ण वाणीले मानव जातिलाई नैतिक सत्कर्मको महत्वपूर्ण पाठ पढाएको छ । 

    मानिसलाई नैतिकवान् बन्न सजिलो छैन । त्यसका लागि पञ्चशीलको पालना गर्नुपर्छ । पञ्चशील नैतिकता सिकाउने बुद्धको सबैभन्दा उत्तम शिक्षा हो । पञ्चशीलको पूर्ण पालना भएको समाजको परिकल्पना गर्दा पनि मन पवित्र हुन्छ ।  गौतम बुद्धका शिक्षाहरूको मुख्य उद्देश्य मानव जीवनलाई सुखमय बनाउनु हो । मानव जातिलाई दुःखबाट मुक्ति दिलाएर सुख, शान्ति र आनन्दपूर्ण जीवन यापन गर्न सिकाउने महत्वपूर्ण ज्ञान भएकाले बुद्धको शिक्षा संसारभर फैलिएको छ ।  

    बुद्ध शिक्षाले शान्ति र अहिंसाको मार्गमा अघि बढ्न प्रेरित गर्नाका साथै जीवन जगत्को अनित्यता र दुःखलाई स्वीकार्दै आइपर्ने समस्यालाई साक्षीभावले हेर्न सिकाउँदै संसारका सबै प्राणीलाई समभाव र मैत्रीभावले हेर्न सिकाएको लुम्बिनीस्थित राजकीय  विहारका संरक्षक सागर धम्म बताउनुहुन्छ ।  सर्वहितकारी गुण भएका बुद्धका उपदेश मननयोग्य छन् । बुद्धका उपदेशमा मानव जीवनलाई दुःखबाट मुक्ति दिलाउन चार आर्यसत्यको व्याख्या गरिएको छः 

    दुःख सत्य– दुःख सत्यको अर्थ सबै कुरा दुःखदायी छन् भनेर बुझ्नु हो । संसारमा प्रत्येक कुरा परिवर्तनशील छ, यो प्राकृतिक नियम हो र यो नै परम दुःख हो । जन्मनु, वृद्ध हुनु, रोगी हुनु, मृत्यु हुनु, मन नपर्नेसँग बस्न पर्नु, मन परेकासँग बिछोडिनु, मनले चाहेको नपाउनु, शारीरिक पीडा हुनु आदि नै दुःख हो । 

    दुःख समुदय सत्य –  दुःख समुदय सत्य भन्नाले दुःखको कारण भन्ने बुझिन्छ । दुःखको वास्तविक कारण भनेको हामीभित्रको लोभ, द्वेष, राग तथा  तृष्णा हो । बौद्ध दर्शनको आधारशिला प्रतीत्यसमुत्पाद अर्थात् हेतुफलवादका अनुसार कुनै पनि कार्य हुनका लागि कारण चाहिन्छ । यही सिद्धान्तअनुरुप नै मानिसको जन्ममरणको चक्र चलिरहन्छ  । 

    सोअनुसार जरामरण, जाति अर्थात् जन्म, भव(अस्तित्व), उपादान (अनुराग), तृष्णा, वेदना, फस्स(स्पर्श), षडायतन (इन्द्रिय) नामरुप(मन र शरीर), विज्ञान(चेतना), संस्कार र अविद्या(अज्ञान) छन् । यी कडी मिलेर बनेको चक्र चलिरहँदासम्म मानव जीवनले दुःखबाट मुक्ति पाउन सक्दैन । दुःख मुक्तिका लागि यस चक्रलाई नै रोक्नु जरुरी हुन्छ भन्ने बुद्ध दर्शनको मुख्य सार भएको भिक्षु प्रज्ञाश्री बताउनुहुुन्छ । 

    दुःखनिरोध सत्य– दुःखलाई अन्त्य गर्न सकिन्छ भनेर बुझ्नु नै दुःख निरोध सत्य हो । तृष्णा निर्मूल गर्न सकिएमा मात्र दुःखचक्रको अन्त्य हुुन्छ । दुःखको मूल जड नै तृष्णा अर्थात् आशक्ति हो । आशक्ति जति गहिरो हुन्छ, दुःख पनि त्यहीअनुसार नै गहिरो हुन्छ । अथवा  मानिसको लिप्तता जेमा जति हुन्छ त्यसैका कारणबाट मानिस दुःखको भुमरीमा रुमलिरहेको हुन्छ । 

    मायाजाल, वासना आदिमा लिप्त हुनु, पदीय लिप्तता अनि धन प्राप्ति आदिको लिप्तताका कारण नै मानिसले अनेक किसिमका दुःख भोग गरिरहेका हुन्छन् । तृष्णा निर्मूल गर्न सकिएपछि मात्र वास्तविक सुख प्राप्त हुन्छ, जसलाई निर्वाण सुख भनिन्छ ।  दुःख निरोधगामिनी प्रतिपदा सत्य – दुख निरोधगामिनी प्रतिपदा सत्य भन्नाले दुःख निरोध गर्ने अर्थात् दुःखलाई रोक्ने मार्ग भनेर बुझिन्छ । 

    बुद्धका उपदेशमा यस मार्गलाई आर्यअष्टाङ्गिक मार्ग भनिएको छ । दुःखबाट मुक्ति र वास्तविक सुखशान्ति पाउने यो सही एवं अचुक मार्ग बुद्धको मौलिक एवं महत्वपूर्ण आविष्कार हो । यसले मनलाई दरिलो र शुद्ध बनाउन विशेष जोड दिएको छ । बुद्धले दुई अति मार्ग अर्थात् अति सुख र अति दुःखलाई त्यागी मध्यम मार्ग अपनाउनुपर्ने बताउनुभएको छ ।

    बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्गिक मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो । यसमा सम्मिलित आठ मार्गको इमान्दारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिन्छ  ।

    सम्यक दृष्टि – जुन वस्तु वा जीवनको प्रकृति जे जस्तो अवस्थामा छ त्यसलाई त्यही रुपमा हेर्नुलाई सम्यक दृष्टि वा ठीक धारणा भन्ने बुझिन्छ । कर्म र कर्मफल, ध्यानको महत्व, अनित्यता र यथार्थबोध, क्लेश निर्मूल पार्ने मार्ग र निर्वाणको महत्वका विषयमा ठीक धारणा बनाउनु नै बुद्ध शिक्षानुरुपको सम्यक दृष्टि हो । विपश्यना ध्यानबाट यसको अनुभूति गर्न सकिन्छ । 

    सम्यक सङ्कल्प – खराब र दूषित विचारबाट मुक्त भई राग, द्वेष र मोहविनाको चिन्तनमननलाई सम्यक संकल्प अर्थात् उचित सङ्कल्प भन्ने बुझिन्छ । 

    सम्यक वचन – सत्य र संयमित वचन नै सम्यक वचन अर्थात् ठीक बोली हो । झूटो, कडा वचन, अनावश्यक निन्दाचर्चा,  गालीगलोज, वचनदेखि टाढा भई नम्र बोली बोल्नुलाई नै सम्यक वचन भनिन्छ ।

    सम्यक कर्मान्त – मन, वचन तथा शरीरबाट अरुलाई दुःख, हानि नहुने किसिमले गरिने ठीक कर्मलाई नै सम्यक कर्मान्त अर्थात् परिशुद्ध कर्म भन्ने बुझिन्छ । मुख्यतः प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने आदि कर्म यसमा पर्छन् ।

    सम्यक आजीविका : जीवन जिउने क्रममा कसैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धोखा नहुने गरी, शोषण, अन्याय र हानि नहुने गरी कुनै काम, पेशा र  व्यापारव्यवसाय गर्नु नै सम्यक आजीविका हो । 

    सम्यक व्यायाम : निरन्तर रुपमा आफ्नो चित्तलाई सदैव सचेत भई अवगुण र दुर्गुणबाट विमुख गराउँदै सद्गुण तर्फ अग्रसर गराउने मानसिक प्रयासलाई सम्यक व्यायाम अर्थात ठीक प्रयत्न भन्ने बुझाउँदछ ।

    सम्यक स्मृति : आफ्नो शरिर तथा चित्तमा हुने संवेदना अर्थात् अनुभूति प्रति सजग रहेर विना राग द्वेष समभावमा रहिरहनुलाई सम्यक स्मृति  अर्थात उचित स्मृति भनिन्छ । यसले हाम्रो चित्तलाई शान्त गराउन मद्दत मिल्दछ । विपश्यना ध्यान अभ्यासबाट सम्यक स्मृतिको विकास गर्न सकिन्छ ।

    सम्यक समाधिः कुनै किसिमको प्रतिक्रियाविना समता भावमा बसेर अनित्यतालाई बुझेर आफ्नो चित्तलाई निर्मल तुल्याउने विपश्यना ध्यानाभ्यास नै सम्यक समाधि(ठीक एकाग्रता) हो । सम्यक समाधि आर्य अष्टाङ्गिक मार्गको महत्वपूर्ण मार्ग हो । यसको निरन्तर अभ्यासबाट नै हामीले आफ्नो मनलाई शान्त, बलियो र निर्मल बनाउन सक्छौं ।

    भिक्षु धम्मका अनुसार गौतम बुद्धद्वारा प्रतिपादित यो आर्य मार्ग विज्ञानसम्मत छ र यो सत्य मार्ग केवल बौद्धमार्गीले मात्र नभई जीवनमा दिगो सुखशान्ति र आनन्द चाहने जो कोहीले पनि अभ्यास गर्न सक्छ । यसको अभ्यासबाट जो कोहीले पनि दुःख, सन्ताप र अशान्तिबाट छुट्कारा प्राप्त गरी निर्वाण सुख पाउन सक्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast