७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर# प्रतिनिधिसभामा आज - नर्स र शिक्षकको मागदेखि सांसदको क्षमायाचनासम्म #आहा खबर# ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्योपचार सेवा #आहा खबर# पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई #आहा खबर#

    aahakhabar

    धर्म-संस्कृति

    राष्ट्रपति भण्डारी जनकपुरमा, जानकी मन्दिरमा पूजाअर्चना

    सोमबार, ३० बैशाख २०७६, आहाखबर

    जनकपुर, ३० वैशाख ।

    जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा सोमबार जानकीको जन्मोत्सव ‘जानकी नवमी’ धुमधामका साथ मनाइँदैछ । 

    सीता जन्मिएको दिनलाई अवसर पारेर मनाइने जानकी नवमीमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिहान जनकपुर पुगेकी छिन् । जानकी मन्दिरले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी भएर राष्ट्रपति भण्डारीले विशेष पूजाअर्चना गरेकी छिन् ।

    सेनाको हेलिकोप्टरले जनकपुर आएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेकी छिन् ।

    मन्दिरमा विशेष पूजाअर्चनापछि राष्ट्रपति भण्डारी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको जानकारी दिईएको छ ।

    यस वर्ष जनकपुरलाई विकासको दिशामा अघि बढाउन एवम् मिथिलाको धार्मिक सम्पदा, कला, संस्कृति र भेषभूषालाई उजागर गर्न जानकी जन्मोत्सव धुमधामसँग आयोजना गरिएको छ । बैशाख २२ बाट सुरु भएको जन्मोत्सव जेठ ४ मा समापन हुनेछ ।

    प्रदेश २ को सरकारले जानकी नवमीको अवसरमा सोमबार सार्वजनिक बिदा समेत दिएकाे छ ।

    मुख्यमन्त्री राउतले आइतबार शुभकामना सन्देश जारी गर्दै जानकी नवमीको दिन प्रदेश २ मा सार्वजनिक बिदादिइएको घोषणा गरेका थिए ।

    जन्मोत्सवमा  धार्मिक प्रवचन, सांस्कृतिक प्रदर्शनी, रामायण मेला, मंगलधुन, रामायणमा आधारित हाजिरीजवाफ प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिँदैछ । त्रेतायुगमा जानकीले दूधमती नदीमा स्नान गरेको किंबदन्ती रहेको पाइन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast