मंगलवार, श्रावन ७, २०७६
    विज्ञान/प्रविधि

    श्रीलंकामा फेसबुकलगायतका सामाजिक सञ्जाल सबै बन्द

    सोमबार, ३० बैशाख २०७६, आहाखबर

    एजेन्सी, ३० बैशाख ।

    श्रीलंकामा पुनः सामाजिक सञ्जालमा बन्द गरिएको छ । मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि सरकारले सोमबारदेखि फेसबुक, इन्स्टाग्राम, युटुब, भाइबर र  ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हाे । 

    आइतबार क्रिश्चियनको बाहुल्यता रहेकाे चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकार सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो । गत वैशाख ८ गते श्रील‌कामा भएकाे आत्मघाती हमलामा  २ सय ५० भन्दा बढीको मृत्यु भएको थियो । 

    क्रिश्चियन धर्मालम्बीका चर्च र पाँच तारे होटलमा भएको हमलापछि पनि श्रीलंका सरकारले  सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सद्भाव भड्किने गरी पोस्ट गर्ने केहि मानिसलाई  प्रहरीले पक्राउ गरेकाे छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast