प्रधानमन्त्रीलाई मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने १ जना पक्राउ #आहा खबर# “काफल बेचेर कमाएको पैसाले हामी कापीकलम किन्ने र नास्ता खाने गर्दछौँ” #आहा खबर# शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से ९ अंकले घटेर १ हजार ३ सय ७ अङ्कमा थामियो #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सँगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर#

    aahakhabar

    खेल संसार

    मुम्बईले चौंथोपटक जित्यो आईपीएलको उपाधी, पायो २० करोड भारु, वार्नरलाई तेश्रोपटक अरेञ्ज क्याप

    सोमबार, ३० बैशाख २०७६, - स्पोर्टस् ब्यूरो (आहाखबर).

    हैदराबाद, ३० बैशाख । 

    भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आइपीएलको उपाधि चौंथोपटक मुम्बई इंडियन्स्ले जितेको छ । आइतबार हैदराबादको राजीव गान्धी स्टेडियममा चेन्नई सुपरकिंग्ससँग भएको रोमाञ्चकपूर्ण खेलमा १ रनले मुम्बई बिजेता बनेको हो । यससँग ८ हप्तासम्म चलेको यसपटकको आइपीएल सिजन सकिएको छ । 

     

    भारु २० करोड पुरस्कार

    बिजेता टोली ले भारु २० करोड पायो भने उपविजेता रहेको ले साढे १२ करोड भारु पाएको छ ।  गतवर्ष चेन्नाईले सनराइजर्स हैदराबादलाई हराउँदै  विनर प्राइज मनी आफ्नो नाम गरेको थियो ।

     

    मुम्बईको पारी

    पहिलो पारीमा ब्याटिंग गर्न आएको मुम्बईले ८ विकेटको क्षतीमा कुल १ सय ४९ रन बनायो ।

    मुम्बईका लागि किरन पोलार्डले २५ बलको सामना गर्दै टीमका लागि सर्वाधिक ४१ रन बनाएर नट आउट रहे । 

     

    चेन्नाईको जवाफी ब्याटिंग

    जीतका लागि १ सय ५० रनको सामान्य लक्ष्य पाएको चेन्नाईका लागि शेन वाट्शन ले अर्धशतक बनाए । ५९ बलमा ८० रन बनाएका वाट्शन अन्तिम ओभरमा रन आउट भएका थिए ।

    फाइनलमा कप्तान महेन्द्र सिंह धोनी भने जम्न सकेनन् । कुल ८ बलको सामना गरेर मात्र २ रनमा अड्किएका धोनीलाई मुम्बईका इशान किशनले रन आउट गरेका थिए । 


    तेश्रो पटक डेविड वार्नरको नाममा अरेन्ज क्याप

    आइपीएलमा लगातार तेश्रो पटक बिदेशी ब्याट्स्म्यानको कोटाबाट खेल्न आएका डेविड वार्नरले जितेका छन् । 

    वार्नरले १२ खेलबाट ६ सय ९२ रन बनाइसकेकाले उनको नाम फाइनल खेल अघि नै सुनिश्चित भैसकेको हो । 

     

    आइपीएलमा यसअघिको पुरस्कार राशि

    सन् २००८ सालमा पहिलो सिजनको आईपीएल खेलिएको थियो । त्यसबेला पुरस्कार राशी मात्र ४ दशमलव ८ करोड रुपैयाँ भारु थियो । 

    त्यस्तै सन् २०१५ मा आइपीएलको पुरस्कार राशि १५ करोड रहेकोमा गतवर्षबाट पुरस्कारको राशि बढाएर २० करोड भारु कायम गरिएको थियो । यसपटक अर्थात् सन् २०१९ मा फाइनल खेलेका चेन्नाई र मुंबई यसअघि नै तीन-तीन पटक च्याम्पियन बनिसकेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast