आईतवार, असोज ५, २०७६
    यातायात

    पोखरादेखि भारतको देहरादुनसम्म सिधा यात्रुवाहक बस सेवा सञ्चालन

    आईतवार, २९ बैशाख २०७६, आहाखबर
    (फाईल तस्बिर)

    पोखरा, २९ वैशाख ।

    पोखरादेखि भारतको देहरादुनसम्म सिधा यात्रुवाहक बस सेवा सञ्चालन हुने भएको छ । 

    पृथ्वी राजमार्ग बस सेवा समितिद्वारा आगामी जेठ ८ गतेदेखि बस सेवा सञ्चालन गरिने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

    सो अवसरमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साईले मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले सातामा एक दिन बुधबार बस सञ्चालन गर्ने बताउनुभयो ।

    उहाँले पोखरादेखि खुलेको बस नारायणगढ, बुटवल, महेन्द्रनगरबाट बनवास, रुद्रपुर, ऋषिकेश, हरिद्वार हुँदै देहरादुन पुग्ने जानकारी गराउनुभयो । 

    सो अवसरमा मोर्डन एरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक केशव अधिकारीले  १२ वर्षदेखि दिल्लीसम्म बस सेवा सञ्चालन भइरहेको र अब देहरादुनसम्मको बस सेवा सञ्चालन गर्न लागिएको बताउनुभयो । 

    वातानुकूलित सो बसमा एक जना यात्रुको एकतर्फी भाडा रु चार हजार ३२० राखिएको छ । 

    बुधबार पोखराबाट खुल्ने सो बस शनिबार पोखरा फर्कने समय निर्धारण गरिएको छ । सो बस सेवा सञ्चालनमा आएपछि पर्यटकको आगमनसमेत वृद्धि हुने विश्वास गरिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast