कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    धर्म-संस्कृति

    महायज्ञमा एकैदिन तीस लाख बराबरको दान सङ्कलन

    आईतवार, २९ बैशाख २०७६, आहाखबर

    बेझाड, २९ वैशाख ।

    जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पामा सञ्चालन भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञमा एकैदिन रु तीस लाख बराबरको दान सङ्कलन भएको छ ।

    प्राविधिक शिक्षा तथा विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञको छैठौँ दिन रु तीस लाख बराबरको दान सङ्कलन भएको हो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र युवराज खनालले महायज्ञका अवसरमा विद्यालयको प्रगतिको कामना गर्दै भवन निर्माणका लागि केन्द्र सरकार, प्रदेश सरकार र व्यक्तिगत तवरबाट रु ७० लाख बराबरको रकम सहयोग गर्ने घोषणा गरेसँगै हालसम्म रु एक करोडभन्दा बढी दान रकम सङ्कलन भएको जानकारी दिनुभयो ।

    विद्यालयको शैक्षिक विकासका लागि आफ्नै वडामा रहेको विद्यालयमा भएको महायज्ञमा पूर्वखोला– १ सिलुवाले एघार लाख एघार हजार एक सय एघार रुपियाँ प्रदान गरेको छ । यो रकम वडा कार्यालयको निर्णयअनुसार प्रदान गरिएको वडाध्यक्ष भोगबहादुर थापाले जानकारी दिनुभयो । यो अहिलेसम्मकै यस महायज्ञमा दान गरिएको ठूलो राशि हो ।

    त्यस्तैगरी विद्यार्थीको उज्ज्वल भविष्य र विद्यालयको संस्थागत विकासका लागि भनेर दोस्रो स्थानमा दान गर्ने व्यक्ति पूर्वखोला– १ सिलुवा रोमन्दीका लक्ष्मण ढकाल रहनुभएको छ । उहाँले आफ्नो सपरिवारको तर्फबाट तीन लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ प्रदान गर्नु भएको हो । तेस्रो स्थानमा पूर्वखोला– १ सिलुवा रोमन्दीकै मीनराज ढकालले रु एक लाख पचपन्न हजार दान गर्नुभएको छ । 

    पाँचौँ दिनसम्म करीब रु २२ लाख रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक श्यामबहादुर दिशाले जानकारी दिनुभयो । विद्यालयको लक्ष्य प्राविधिक शिक्षा सञ्चालन गर्ने भए पनि दान गर्नेले विद्यालयको संस्थागत र भौतिक पूर्वाधार विकासमा समेत सहयोग गरेको उहाँले बताउनुभयो ।

     हालसम्म महायज्ञमा रु एक लाख भन्दामाथि दान गर्ने संस्था र व्यक्ति गरी जम्मा १४ जना पुगेको छ । महायज्ञ अवधिभर रु दुई करोडसम्म दान सङ्कलन गर्ने लक्ष्य रहेको महायज्ञ मूलआयोजक समितिका संयोजक गिरमान आले बताउनुहुन्छ ।

    प्राविधिक शिक्षा सँगसँगै महायज्ञबाट सङ्कलित रकम भौतिक पूर्वाधारमा खर्च गरिने बताइएको छ । भौतिक पूर्वाधार अभावका कारण झट्टै नै प्राविधिक शिक्षा सञ्चालन गर्न नसकिएको विद्यालयले जनाएको छ । महायज्ञमा दानदाता र भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।

    पण्डित नारायण न्यौपानेबाट सङ्गीतमय शैलीमा कथावाचन भइरहेको छ । वैशाख २३ गते देखि शुुरु भएको महायज्ञ ३१ गतेसम्म सञ्चालन हुनेछ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast