मंगलवार, श्रावन ७, २०७६
    कला-सौन्दर्य

    ‘ज्याकारान्डा’ फूलको बैजनी–नीलो रंगमा सजिएको काठमाडौँ ! (फोटोफिचर)

    शनिबार, २८ बैशाख २०७६, आहाखबर

    काठमाडौं, २८ वैशाख । 

    राजधानी काठमाडौं यतिबेला ज्याकारान्डामय बनेको छ । यो फूललाई अहिले जताततै देख्न सकिन्छ ।

    धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । तर यो फूलको असली नाम ज्याकारान्डा हो । विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फूल्छन् । यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ ।

    धुँवाधुलो, सवारीको चाप, कंक्रिटको घरैघरको भार थेगिरहेको काठमाडौंलाई यो फूलले केहीहदसम्म भएपनि सुन्दरता थप्ने काम गरेको छ ।

    यो एक प्रकारको फूल हो । जुन बैजनी रङको हुन्छ । जुन फूलले पैदल यात्रुदेखि लिएर सवारी साधन हाक्ने यात्रुहरुलाई मोहित बनाइरहेको छ ।

    अहिले काठमाडौँ आसपासमा फूलेको यो फूल ज्याकारान्डा मिमोसिफोलिया प्रजातिको हो । यसको पात र शिरिषको फूलको पात उस्ताउस्तै भएकोले गर्दा यसलाई नीलो शिशिष पनि भनिन्छ । तर यिनीहरुमा समानान्तर देखिने भनेको पात मात्रै हुन् । यसलाई रैथाने भन्दा पनि आगन्तुक अर्थात पाहुना फूल भन्ने गरिन्छ ।

    यस वनस्पतिका विशेषताहरूका आधारमा वैज्ञानिकहरूले यसको उत्पत्ति ब्राजिल, मेक्सिको, अर्जेन्टिना लगायतका दक्षिण अमेरिकी देशहरूमा भएको मानेका छन् । तर आजका मितिसम्म आइपुग्दा ज्याकारान्डा (वैज्ञानिक नामः ज्याकारान्डा मिमोसिफोलिया) एसिया, अफ्रिका र युरोपका धेरे देशहरूमा फैलिसकेको छ ।

    नेपालमा भने राणा शासनका समयमा, इस्वी संवत्को उन्नाइसौँ शताब्दीको मध्यदेखि अन्त्य तथा बिसौँ शताब्दीको सुरुवाततिर यसको आगमन भएको यहाँका इतिहासविद् तथा वनस्पतिशास्त्रीहरूको मत छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast