काफलको सिजन सुरु भय सगै अध्ययनका लागि बालबालिकाले काफल बेच्दैं #आहा खबर# शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर १ हजार ३०७.७१ अङ्कमा #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर#

    aahakhabar

    बैंक-बीमा

    सातौं तथा आठौं साधारणसभा

    सिभिल बैंकको वार्षिक साधारणसभा : १०.२५% बोनस शेयर र ४.०५% नगद लाभांश स्वीकृत

    शनिबार, २८ बैशाख २०७६, आहाखबर
    फोटो सौजन्य : सिभिल बैंक लिमिटेड

    काठमाडौं, २८ बैशाख । 

    सिभिल बैंक लिमिटेडको सातौं तथा आठौं वार्षिक साधारणसभा राजधानी काठमाडौंमा सम्पन्न भएको छ । शुक्रबार डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा सम्पन्न उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले अब आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैंकको चुक्ता पूँजीको १०.२५% का दरले हुन आउने रु. ७४ करोड ४० लाख ७९ हजार ३ सय १२ रुपैयाँ ८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने र ०.५४% का दरले हुन आउने रु. ३ करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ ६ पैसा कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । 

    त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५% का दरले हुन आउने रु. २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ ६५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि साधारण सभाले स्वीकृत गरेको छ ।  

     

    आगामी ४ वर्षका लागि निर्विरोध

    शुक्रबार नै बसेको साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट ई. इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रताप जङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादूर मल्ललाई संचालक पदमा आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।

    सभाले आ.व. २०७५/०७६ को लेखापरिक्षण गर्न बिआरएस न्यौपाने एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्जर गर्न वा प्राप्ती गर्न/हुन वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न र गराउन समेत संचालक समितिलाई पूर्ण अख्तियारीे प्रदान गर्ने निर्णय गरेको थियो ।

    सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तररुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि बैंकले जनाएको छ । बैंकको हालसम्म ७३ शाखाहरु रहेको र थप ३३ शाखा विस्तारको क्रममा रहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast