सलमानको ‘भारत’ दुई सय करोड क्लबमा सामेल ! यस्तो छ ग्रस कलेक्सन #आहा खबर# प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर#
    विज्ञान/प्रविधि

    प्रहरी अधिकृतलाई पोखरामा साइबर अपराध नियन्त्रण तालीम

    शुक्रबार, २७ बैशाख २०७६, आहाखबर
    पोखरा, २७ वैशाख 
     
    साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालीम प्रदान गरिएको छ ।
     
    प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौँ र गण्डकी प्रदेश तालीम केन्द्रद्वारा छैटौँ समूहको उक्त तालीममा २९ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । सो तालीम वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म सञ्चालन भएको थियो ।
     
    सो अवसरमा गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै आपराधिक कार्यमा प्रविधिको प्रयोगले अनुसन्धान वास्तवमै चुनौतीपूर्ण बन्दै गइरहेकाले अनुसन्धानमा प्रविधिको प्रयोगको विकल्प नरहेको बताउनुभयो ।
     
    तालीमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालीम संयोजक प्रहरी निरीक्षक विष्णु विकले दिनप्रतिदिन प्रविधि र विकासको पहुँचले आपराधिक क्रियाकलापको अनुसन्धान जटिल बन्दै गएकाले प्रविधिसँग जानकार प्रहरी जनशक्ति उत्पादनका लागि तालीम सञ्चालन गरिएको बताउनुभयो ।
     
    समापन कार्यक्रममा सङ्घीय प्रहरी एकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह, प्रदेश ट्राफिक प्रहरी प्रमुख वीरेन्द्रकुमार बस्याल, क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराका प्रमुख लालमणि आचार्यलगायतको उपस्थिति थियो ।
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast