बुधबार, जेष्ठ २१, २०७७
    बिदेश

    अमेरिकाको लस एन्जलसबाट एक हजार बन्दुक-राइफल जफत

    बिहिवार, २६ बैशाख २०७६, -एएफपी .

    लस एन्जलस, अमेरिका, २६ वैशाख 

    अमेरिकाको लस एन्जलस शहरबाट सरकारी अधिकारीहरूले एक हजारभन्दा बढी हातेबन्दुक र राइफलहरू जफत गरेका छन् । 

    “हामीले ठूलो मात्रामा हातहतियारहरू जफत गरेका छौँ,” एक सरकारी सुरक्षा अधिकारीले भने । ती हतियारहरू सर्वसाधारणका लागि खतरापूर्ण लागेकाले नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरूको भनाइ छ । 

    हातहतियारहरू जफत गर्ने क्रममा एक जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको उनीहरूले जनाएका छन् ।

    “मैले काम गर्न थालेको अहिले ३१ वर्ष भयो, अहिलेसम्म यति धेरै हातहतियार मैले देखेको थिइन,” एक प्रहरी अधिकारीले पत्रकारहरूसँग भने । 

    केही समय अगाडि यस्तै हातहतियारहरूको प्रयोगले हिंसात्मक घटना भएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि खतरा लागेका हातहतियारहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast