सोमबार, कार्तिक २५, २०७६
    कृषि-उर्जा

    सप्तरीको अतिविकट गाउँमा विद्युत् पुगेपछि स्थानीयवासी खुशी

    बिहिवार, २६ बैशाख २०७६, आहाखबर

    राजविराज, २६ वैशाख

    सप्तरीको अतिविकट मानिएको डाक्नेश्वरी नगरपालिकाको औरही गाउँमा करीब ३ सय घरमा बिजुली पुगेको छ ।

    डाक्नेश्वरी नगरपालिका–६ औरहीका ३ सय घरमा अहिले विद्युत् जडान भएर बिजुली बलेपछि स्थानीयवासी खुशी भएको सोही ठाउँका मिरदुल यादवले बताउनुभयो । सो क्षेत्रमा विद्युत् नभएपछि मोबाइल चार्ज, कुटानी, पिसानी गर्न अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । विद्युत् सञ्चालन नभएका कारण यहाँका अधिकांश व्यक्ति भारतीय गाउँमा गएर मोवाईल चार्ज, कुटानी पिसानी गर्ने गथ्र्यो ।

    साबिकको औरही गाविस–१, २, ३ र हाल डाक्नेश्वरी नगरपालिका–६ मा तत्कालीन गाविसले करीब रु पाँच लाख बजेट छुट्याएर पोल गाडेका थिए । अहिले बिजुली सञ्चालन भएपछि भारतीय गाउँमा गएर चार्ज, कुटानी, पिसानी गर्ने परम्परा हटेको सोही ठाउँका नरेश यादवले बताउनुभयो । 

    औरहीमा विगत तीन वर्षदेखि विद्युत्को पोल गाडे पनि विद्युत सञ्चालन भएको थिएन । बिजुली सञ्चालन गरेपछि स्थानीयवासी खुशी भएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast