बुधबार, असोज १, २०७६
    धर्म-संस्कृति

    झापाका २२ स्थानमा साकेला उभौली मनाउने तयारी

    बिहिवार, २६ बैशाख २०७६, आहाखबर

    भद्रपुर, २६ वैशाख

    झापामा यस वर्षको उभौली पर्व २२ स्थानमा भव्यताका साथ मनाउने किराँत राई यायोक्खा जिल्ला कार्यसमितिले जनाएको छ ।

    सांस्कृतिक आन्दोलनबाट जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा उभौली साकेला कार्यक्रम गर्न लागेको समितिका अध्यक्ष इन्द्रमान चाम्लिङले जानकारी दिनुभयो । जेठ ४ गतेबाट शुरु भई जेठ २५ गते कमल गाउँपालिका सितापुरीमा सम्पन्न गर्ने गरी कार्यक्रमको समयतालिका बुधबार एक कार्यक्रमका बीच दमकमा सार्वजनिक गरिएको हो ।

    जेठ ४ गते दमक, विर्तामोड, लखनपुर, बाहुनडाँगी, तोपगाछी र कनकाईमा गरिने र जेठ ९ गते पृथ्वीनगर संयुक्त र गौरीगञ्ज संयुक्त, जेठ १० गते गौरादह बजार, ११ गते धरमपुर, धुलाबारी, पाडाजँुगीमा गर्ने जनाइएको छ ।

    यसैगरी १३ गते शान्तिनगर, १४ गते हल्दिबारी–२, १५ गते बुट्टाबारी, १६ गते डाँगीबारी, १८ गते जलथल, धनुषा, शिवसतासी, बुधबारे र भद्रपुर, २३ गते अर्जुनधारा र २५ गते सितापुरीमा कार्यक्रम गर्ने तालिका रहेको छ । उक्त उभौली पर्वमा राई विद्यार्थी सङ्घ, राई पत्रकार सङ्घलाई पनि उपस्थितिका लागि अनुरोध गरिएको छ ।

    झापा जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका राईहरुले पनि उभौली साकेला पर्व कारागारमै मनाउने भएका छन् । कारागारको कार्यक्रमका लागि जिल्ला उपाध्यक्ष नीरबहादुर राईको संयोजकत्वमा समिति गठन गरिएकोे छ । उहाँले जेठ ९ गते कारागारामा उभौली साकेला कार्यक्रम गर्ने तयारी रहेको बताउनुभयो ।

    वैशाख पूर्णिमाबाट शुरु हुने उभौली साकेलालाई जिल्लाका हरेक स्थानमा भव्य र सभ्यरूपमा सम्पन्न गर्न जिल्ला सचिव केवलराम राईको संयोजकत्वमा सम्पर्क समन्वय उपसमितिसमेत गठन गरिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast