आईतवार, असोज ५, २०७६
    यातायात

    बेनीमा बस दुर्घटना, १५ घाइते, चालक प्रहरी नियन्त्रणमा

    बुधबार, २५ बैशाख २०७६, आहाखबर

    बेनी, २५ बैशाख ।

    सदरमुकाम बेनीबाट १५ जना यात्रु बोकेर तोरीपानीतर्फ गइरहेको ना५ख ५७२४ नम्बरको बस बुधवार साँझ ५ बजे बेनी नगरपालिका–९ भुतादैला नजिकबाट तल खस्दा सवार सबै यात्रु घाइते भएका छन् ।

    दुर्घटनाका सबै घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल पुगेका ट्राफिक प्रहरीका अनुसार साँधुरो सडकबाट बस पल्टिएको हो ।

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    घाइतेमध्ये बेनी-९ का ५८ वर्षीया रुद्रबहादुर चोखालको अवस्था गम्भीर छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धार भइरहेको प्रहरीले जनाएको छ । बस सडकदेखि अन्दाजी ७ मिटर तल खसेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast