शनिबार, श्रावन ४, २०७६
    मुभी-थिएटर

    अभिनय र गायनपछि ‘दबंग ३’ मा आइटम डान्स गर्दै सलमान

    बुधबार, २५ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, २५ वैशाख

    यतिखेर सलमान खान ‘दबंग ३’को शूटिङमा ब्यस्त छन्  । अभिनय र गायनपछि सलमान खानले यस फिल्ममा  आइटम डान्स गर्ने भएका छन् । 

    यसअघिका ‘दबंग’का सिरिजहरुमा मलाईकाले जोडदार आइटम नृत्य गरेकी थिइन् जुन सुपर हिट भएको थियो ।

    सलमानको फिल्म ‘दबंग ३’मा मलाइका अरोराले आइटम गरेको गीत ‘मुन्नी बदनाम हुई’लाइ रिक्रिएट गरिने भएको छ । गीतमा ‘मुन्नी’ भन्ने शब्दको ठाउँमा ‘मुन्ना’ राखिने छ । र ‘मुन्ना’ बनेर नाच्ने भएका छन् सलमान खान ।

    सलमान खानका भाई बुहारी रहेकी मलाईकाले भाई अरबाज खानसँग डिभोर्स गरेर अभिनेता अर्जुन कपूरसँग सम्बन्ध गाँसेसँगै रुष्ट बनेका सलमानले बन्दै गरेको ‘दबंग ३’मा मलाइकालाई नलिएर आफैं आइटम डान्स गर्ने भएका हुन् । प्रायः आइटममा नायिकहरु हावी हुने गरेकोमा ‘दबंग ३’मा सलमानले गर्ने नृत्यले कस्तो जादु चलाउने हो त्यो हेर्न बाँकी छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast