मंगलवार, जेष्ठ १३, २०७७
    बिदेश

    अष्ट्रेलियाका प्रधानमन्त्रीको टाउकोमा युवतीद्वारा अन्डा प्रहार

    बुधबार, २५ बैशाख २०७६, आहाखबर

    एजेन्सी, २५ वैशाख

    अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मरिसनका टाउकामा अन्डा प्रहार भएको छ । दुईसाता पछि हुने आम निर्वाचनको अभियानमा व्यस्त रहेका मरिसनका टाउकामा एक युवतीले अन्डा प्रहार गरेकी हुन् ।

    अन्डा प्रहार भएका बेला प्रधानमन्त्री मरिसन महिलाहरुको एक समूहसँग छलफलमा व्यस्त थिए । अन्डा प्रहार गरेलगत्तै ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    युवतीले प्रधानमन्त्री मरिसनको टाउकोमा अन्डा प्रहार गरेपनि अन्डा नफुटी भूइँमा खसेको थियो ।  जमिनमा खसेलगत्तै पत्रकारहरुले अन्डा टिपेका थिए ।

    न्यु साउथ वेल्समा भएको सो घटनालगत्तै प्रहरीले एक विज्ञप्ति जारी गरी अन्डा प्रहार गर्ने युवतीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ । अष्टेलियामा मे १८ मा चुनाव हुँदैछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast