मंगलवार, जेष्ठ १३, २०७७
    बिदेश

    ब्रिटेनका राजकुमार ह्यारी र मेगनलाई पुत्रलाभ भएसँगै बधाईको ओइरो

    मंगलवार, २४ बैशाख २०७६, -बीबीसी.

    काठमाडौं, २४ वैशाख ।

    ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको पहिलो सन्तानको रूपमा छोराको जन्म भएपछि शाही दम्पतिलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ ।

    राजकुमार ह्यारीले आफूले कल्पनै नगरेको सुखद अनुभूति भएको बताएका छन् ।

    बच्चाको जन्म स्थानीय समय अनुसार सोमवार साँझ ५ बजेर २६ मिनेटमा भएको हो ।

    केन्सिङ्गटन प्यालेसले ड्युक र ड्चेज अफ क्याम्ब्रिज खुशी भएको र बच्चालाई भेट्न लालायित भएको बताएको छ ।

    मेगनकी आमा डोरिया रागल्यान्ड धेरै खुशी भएको र अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले उनीहरू पनि खुसी भएको बताएकी छन् ।

    नाम नराखिएको शाही बालक, प्रिन्स अफ वेल्स, ड्युक र ड्चेज अफ क्याम्ब्रिज, उनीहरूको तीन छोराछोरी र राजकुमार ह्यारी पछि यूकेको राजगद्दीको सातौं क्रमका उत्तराधिकारी हुन् ।

    राजकुमार ह्यारीले दुई दिनपछि मिडियाका सामु बच्चालाई प्रस्तुत गर्ने बताएका छन् ।

    उनले मेगनको स्वास्थ्य राम्रो भइरहेको बताउँदै बच्चाको नाम अझै सोचिरहेको बताएका छन् ।

    प्रधानमन्त्री टरिजा मे, लेबर पार्टीका नेता जेरेमी कोर्बिन र स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टर्जनले ट्विटरमा बधाई ज्ञापन गरेका छन् ।

    राजकुमार ह्यारी र मेगनको बिहेमा सङ्गीत बजाउने टोलीले शाही शिशुको लागि नयाँ गीत तयार पारेको छ ।

    उक्त शिशुले अमेरिकी नागरिक मेगनको कोखबाट जन्म लिएका कारण अमेरिकाको समेत नागरिकता प्राप्त गर्ने बताइएको छ ।

    न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले बच्चा जन्मेको खुशीयालीमा गरिब परिवारलाई बाँडिने उपहार तयार गर्ने समूहलाई चन्दा दिने र बच्चाको सम्मानमा १० नयाँ रुख रोपिने बताएकी छन् ।

    अष्ट्रलियाका प्रधानमन्त्री स्कट मोरिसनले शाही दम्पतिलाई बधाई पठाएका छन् ।

     

    ह्यारी र मेगनको सम्बन्ध

    ८ नोभेम्बर २०१६ - केन्सिङ्टन प्यालेसले वक्तव्य जारी गरि राजकुमार ह्यारी र मेगन मार्कल प्रेम सम्बन्धमा रहेको जानकारी

    २८ नोभेम्बर २०१७ - ह्रारी र मेगन विवाहका लागि तयार भएको भनाइ

    १५ डिसेन्बर २०१७ - केन्सिङ्टन प्यालेसले उनीहरूले मे १९ लाई विवाहको दिन तोकेको जानकारी

    १९ मे २०१८ - ह्रारी र मेगनको विवाहसँगै उनीहरूलाई ड्यूक एण्ड डचेज अफ ससेक्स उपाधि प्रदान

    १५ अक्टोबर २०१८ - केन्सिङ्टन प्यालेसद्वारा मेगन गर्भवती भएको जानकारी

    ६ मे २०१९ - मेगनको कोखबाट बालकको जन्म

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast