मंगलवार, भाद्र ३१, २०७६
    मुभी-थिएटर

    अभिनेता अक्षय कुमारद्वारा ‘फानी’ पीडितलाई १ करोड सहयोग

    मंगलवार, २४ बैशाख २०७६, आहाखबर

    काठमाडौं, २४ बैशाख ।

    भारतीय अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवातका पीडितका लागि एक करोड भारु सहयोग गरेका छन् ।

    अक्षय कुमारले मुख्यमन्त्री राहत कोषमा पैसा जम्मा गरेका हुन् । उक्त आँधीका कारण त्यहाँका घरमा निकै क्षती पुगेको छ ।

    रिपोर्टका अनुसार फानी आँधीमा जम्मा ३४ जनाको मृत्यु भएको छ । यो आँधीका कारण सयौं मानिसहरु खानेपानी र बिजुलीको अभाव झेलिरहेका छन् । पीडितलाई सहयोग गर्नका लागि राज्य सरकारले हरसम्भव कोसिस गरिरहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast