प्रधानमन्त्री ओलीले सुरु गरे अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर# प्रतिनिधिसभामा आज - नर्स र शिक्षकको मागदेखि सांसदको क्षमायाचनासम्म #आहा खबर# ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्योपचार सेवा #आहा खबर# पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई #आहा खबर# जुनार किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार #आहा खबर#

    aahakhabar

    ब्राण्ड/संगठन

    आईएमएस् ग्रुपले धुमधामसाथ मनायो आफ्नो २७ औं वार्षिकोत्सव

    सोमबार, २३ बैशाख २०७६, आहाखबर

    काठमाडौं, २३ बैशाख । 

    आई.एम.एस्. ग्रुप आफ्नो स्थापनाको २७ औं वर्षमा सफलताका साथ प्रवेश गरेको छ । विश्वकै नम्बर १ मोबाइल फोन ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तर्राष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आई.एम.एस्. ग्रुप अन्तर्गत २० बढी कम्पनीहरु रहेका छन् । आई.एम.एस्. ग्रुपले २०७६ वैशाख २० गते राजधानीको होटल अन्नपूर्णमा २७ औं वार्षिकोत्सव मनाएको हो ।

    उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, गु्रपका डिरेक्टर विमल सावर्थिया, प्रेसिडेण्ट सिइओ डिकेश मलहोत्रा, मलहोत्रा तथा सावर्थिया परिवार, अन्य अथिति लगायत ४ सय भन्दा बढी कर्मचारी सहभागिता थियो ।

    कार्यक्रममा ग्रुपका कर्मचारीद्वारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गरिएको थियो भने विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । त्यसै गरी केही कर्मचारीहरुले विभिन्न विधा अन्तर्गत उत्कृष्ट एवं उल्लेखनीय कार्य सम्पादन गरे बापत पुरस्कृत पनि गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै दीपक मलहोत्राले ग्रुप सबै कर्मचारीहरुले लगनशीलता एवं इमानदारिताका साथ आफ्नो कार्य गरेकोले नै ग्रुपले २७ औं बसन्त सफलताका साथ प्रवेश गरेको बताउनुभयो । सम्पूर्ण कर्मचारी, ग्राहक वर्ग एवं अन्य शुभेच्छुकलाई ग्रुपलाई निरन्तर सहयोग र न्यानो माया गरेको उहाँले धन्यवाद पनि व्यक्त गर्नु भयो । यसै गरी मलहोत्राले आगामी दिनहरुमा ग्राहक केन्द्रित सेवा मार्फत सफलताका नयाँ उचाइहरु आई.एम.एस्. ग्रपले चुम्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    आइएमएस ग्रुप विगत २७ वर्षमा क्रमिक रुपमा विकसित हुँदै र झनै विस्तारित हुँदै आएको छ । विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल समेत भएको छ । यसैबीच, प्राविधिक र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी सधैं केन्द्रित रहेको पनि कम्पनीले स्पष्ट पारको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast