बुधबार, जेष्ठ २१, २०७७
    बिदेश

    पूर्व कम्युनिष्ट शासित बुल्गेरियामा धर्मगुरु पोपको भव्य स्वागत

    आईतवार, २२ बैशाख २०७६, - एएफपी.

    सोफिया, २२ बैशाख :

    इसाई धर्मगुरु पोप फ्रान्सिस आइतबार बुल्गेरिया आइपुग्नुभएको छ । उहाँले बुल्गेरियामा रहेका सानो क्याथोलिक समुदायसँग भेटघाट गर्नुहुनेछ । 

    बुल्गेरियाका प्रधानमन्त्री बोयको बोरिसोभले पोपलाई बिमानस्थलमै पुगेर स्वागत गर्नुभएको थियो । सन् २००७ मा युरोपेली युनियनमा प्रवेश गरेको पूर्व कम्युनिष्ट शासित बुल्गेरियामा पोपको भव्य स्वागत गरिएको थियो । 

    तीन दिने उक्त भ्रमणका क्रममा उहाँले उत्तरी म्यासेडोनियाको पनि भ्रमण गर्नुहुनेछ । मेसेडोनियाको राजधानी स्कोप्जमा जन्मेकी सुप्रसिद्ध व्यक्तित्व मदर टेरेसाको सम्झनामा गरिने कार्यक्रममा पनि पोप सहभागी हुनु हुनेछ ।

    प्रधानमन्त्री बोरिसोभले पोपलाई स्वागत गर्दै बाल्कन मुलुक बुल्गेरियाको शान्तिपूर्ण आर्थिक विकासमा पोपको भ्रमणले थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    पोप फ्रान्सिसले शरणार्थीहरुलाई हृदयबाटै स्वागत गर्न बुल्गेरियाली नागरिकहरुलाई आग्रह गर्नुभएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast