कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    धर्म-संस्कृति

    पञ्चैबाजा संरक्षण अभियानमा जुटे रामपुरका युवा

    आईतवार, २२ बैशाख २०७६, आहाखबर
    बेझाड, २२ वैशाख । 
     
    गाउँघरमा पहिलेदेखि नै चलनचल्तीमा आएका पञ्चैबाजा पछिल्लो समय लोप हुँदै जान थालेपछि रामपुरका युवा
    संरक्षण अभियानमा जुटेका छन् । 
     
    रामपुर नगरपालिका– ३ चनौलीस्थित लाङ्घाली सामुदायिक समाज सुधार केन्द्र संस्था गठन गरेर स्थानीय युवा पञ्चैबाजा संरक्षणमा जुटेका हुन् । विसं २०७४ मा प्रतिव्यक्ति रू पाँच सङ्कलन गरेर दश युवाले यो अभियान शुरु गरेका थिए ।  
     
    शुरुमा रू७० हजारको आठ थान बाजा खरीद गरेर गाउँमा पञ्चैबाजा बचाऊ अभियान शुरु गरिएको अध्यक्ष चित्रबहादुर सोमै बताउनुहुन्छ ।  “रामपुर क्षेत्रमा बाजा बजाउने संस्कृति लोप भइसकेको अवस्थामा कला र संस्कृतिको संरक्षण गर्नका लागि उक्त बाजा संरक्षण अभियानमा जुटेका हौँ” उहाँले भन्नुभयो । 
     
    गाउँघरमा हुने विवाह, चाडपर्व र अन्य कार्यक्रममा हिजोआज बाजाको माग बढिरहे पनि बजाउने जनशक्ति नहँुदा समस्या पनि उत्तिकै छ । पछिल्लो समय बाजा बज्नै छाडेपछि युवालाई साथ लिएर आफू पनि बाजा बजाउने कार्यमा जुटेको ५८ वर्षीय देवबहादुर दिसुवाको भनाइ छ ।
     
    “पहिला पहिला त गाउँमा विवाह, पास्नी, न्वारन, विभिन्न कार्यक्रम हुँदा बाजा बजाएर नाचगान गरेर रमाइलो गरिन्थ्यो, पछि विस्तारै लोप हँुदै गएपछि पुरानो संस्कृति नै खल्बलिन थाल्यो” उहाँले भन्नुभयो । 
     
    युवाहरुले कला र संस्कृतिको संरक्षण मात्र नगरी  रकम पनि राम्रैसँग जुटाउँदै गएका छन् । बाजा बजाएर हालसम्म दुई लाख रकम सङ्कलन गरी संस्थाको कोषमा बचत गरिएको सदस्य यमबहादुर सारु बताउनुहुन्छ । 
     
    गण्डकीवेशीका पाल्पा, स्याङ्जा, तनहुँलगायत विभिन्न स्थानमा पुगेर बाजा बजाउने कार्यमा सरिक हुँदै आएको मित्रलाल सोमै बताउनुहुन्छ । रामपुर नगरपालिका–३ को कार्यालयले युवाले संरक्षण अभियानका रुपमा थालनी गरेको पञ्चैबाजा जोगाउन रु ३० हजारका साथै बाजा बजाउने तालीमसमेत प्रदान गरेपछि हौसला मिलेको छ । 
     
    संस्थामा हाल सहनाई, ट््याम्को, मादल, नरसिंहा, दमाहा, विकुललगायत ११ थरीका बाजा छन् । हाल यस संस्थामा १३० घरपरिवार आवद्ध छन् । 
     
    यस अभियानले मौलिक पहिचान दिलाउने र संस्कृति पनि बचाउने हँुदा यसमा निरन्तरता दिने र अर्कोतर्फ युवालाई रोजगारी समेत सिर्जना गराउने रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल बताउनुहुन्छ ।“लोपोन्मुख अवस्थामा रहेका विभिन्न समुदायका कला र संस्कृतिको खोजी गर्दै संरक्षणमा नगरपालिका चासोका साथ लागेको छ” अर्यालले भन्नुभयो ।
     
    युवापुस्ताले चासो नदिँदा पञ्चैबाजा बजाउने प्रचलन अहिले लोप हुँदैगएको हो । परियार समुदायका व्यक्तिले बजाउँदै आएको पञ्चैबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण यहाँबाट लोप हँुदै जान थालेपछि भिन्न समुदायका युवा कला संस्कृति बचाऊ अभियानमा छन् । 
     
    रामपुर नगरपालिका क्षेत्रमा एक दशकयता पञ्चैबाजा बजाउने चलन हट्दै गएको छ । बाउबाजेको पेशा तथा सीपलाई पछिल्ला पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको हो । परियार समुदायका युवापुस्ताले भने पञ्चैबाजाको भविश्य नभएकाले  प्रतिष्ठा, पारिश्रमिकका लागि मात्र स्थानीयस्तरमा उक्त बाजा बजाएर संस्कृतिलाई निरन्तरता दिन नसकिने  बताउँछन् । 
    पछिल्लो समय परियार जातिले मात्र नभइ मगर समुदायलगायत विभिन्न समुदायका व्यक्ति बाजा  बजाउने कार्यमा सरीक भए पनि यसले निरन्तरता पाउन भने अझै सकेको छैन । 
     
    परियार समुदाय बाहेक अन्य समुदायका व्यक्तिले बजाउने गरेको बाजामा केही भिन्नता पाइने गरेको बुढापाका बताउँछन् । गाउँघरमा पञ्चैबाजाप्रति पहिलको जस्तो अहिले त्यही आकर्षण पनि देखिदैन । 
    अनौठो बाख्रा 
    रामपुरमा आठ  खुट्टा भएको अनौठो प्रकृतिको बाख्रा आज बिहान करीब ९ बजेतिर जन्मिएको छ । रामपुर नगरपालिका–६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राले आठ खुट्टा भएको बाख्रा जन्माएको हो । 
     
    एक टाउको, छातीबाट तल दुई भाग फाटेर छुट्टिएको, चार कान भएको, पाठापाठी नचिनिने खालको जिउँदो बाख्रा जन्मिएको हो । अनौठो खालको बाख्रा हेर्नेको भीड लागेको थियो । “सँगै जन्मिएका दुई वटा बाख्रा भने राम्रै जन्मिएको छ, एउटा चाहिँ अचम्मको जन्मियो”, गोविन्दबहादुर घर्तीले भन्नुभयो । जन्मिएको डेढ घण्टामा बाख्रा मरेको छ । 
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast