मंगलवार, भाद्र ३१, २०७६
    मुभी-थिएटर

    ११औं डी सिने अवार्डमा उत्कृष्ट बन्न सफल भयो चलचित्र छक्का पञ्ज-३

    आईतवार, २२ बैशाख २०७६, आहाखबर

    काठमाडौं,बैशाख २२ ।
     
    शनिवार राजधानीमा एक विशेष समारोहकाबीच ११औं इएनआई छायाँछवि डी सिने अवार्ड –०७६ सम्पन्न भएको हो । अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको अवार्ड छक्का पञ्ज–३ले चुमेको छ । यही चलचत्रबाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल भएकी छन् ।

    २०७५ सालमा सिनेमाघरमा आएका चलचित्रमध्ये करिव ९० वटा चलचित्र यो अवार्डमा सहभागी थिए । जसमध्येबाट प्रतिस्पर्धीमूलक विभिन्न ३० बिधामा यो अवार्ड प्रदान गरिएको थियो ।

    अवार्ड सामारोहमा यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिएको थियो । साथै उक्त अवसरमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान-०७६बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मूलत चलचित्र पाश्र्व गायन गर्दै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि चलचित्र निर्देशन एवम् अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिएको थियो ।

    यसै अवसरमा छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत तीन दशकदेखि रङ्ग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत भएका थिए । छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्डमा नगद रु.२५०२५।- सहित प्रमाणपत्र दोसल्लाको सम्मान रहेको थियो भने छायाँछवि चलचित्रकर्मी रजत सम्मान-०७६मा प्रमाणपत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारमा नगद रु. १११११।- सहित प्रमाण–पत्र एवम् दोसल्ला सम्मान गरिएको थियो ।

    डी सिने अवार्ड चुम्न सफलहुनेहरुः-

    उत्कृष्ट पाश्र्वसङ्गीत – जैसन कुवर, प्रवेश मल्लिक – (भोर)
    उत्कृष्ट साउण्ड डिजाइन – मुकेश शाह – (डमरुको डण्डीवीयो)
    उत्कृष्ट गीतकार – राजेश श्रेष्ठ – फूल होईन (रोज)
    उत्कृष्ट गायिका – विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा-३)
    उत्कृष्ट गायक – डेविड शंकर -पहिलो नम्बरमा (छक्का पञ्जा-३)
    उत्कृष्ट चलचित्र लोक सङ्गीत सङ्गीतकार – दीपक शर्मा -पहिलो नम्बरमा (छक्का पञ्जा-३)
    उत्कृष्ट सङ्गीतकार – एलिस कार्की – फूल होइन माया (रोज)
    उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक – बसन्त श्रेष्ठ उम्लियो भने (जय भोले)
    उत्कृष्ट नृत्य निर्देशक – कविराज गहतराज – तिम्रो लागि (राम काहानी)
    उत्कृष्ट द्वन्द्व निर्देशक – हिमाल के. सी. – (यात्रा अ म्यूजिकल भ्लग)
    उत्कृष्ट बालकलाकार – एञ्जल राई – (हैरान)
    उत्कृष्ट हाँस्य कलाकार – केदार घिमिरे – (छक्का पञ्जा -३)
    उत्कृष्ट खलपात्र – माओत्से गुरुङ – (चङ्गा चेट)
    उत्कृष्ट कथा – दीपेन्द्र लामा- (गोपी)
    उत्कृष्ट पटकथा – यात्रा अ म्यूजि -सम्राट शाक्य
    उत्कृष्ट संवाद – शुशिल पौडेल- प्रसाद
    नव नायिका – सुहाना थापा- ए मेरो हजुर –३
    उत्कृष्ट नव नायक – घिरज मगर- इन्टुमिन्टु लण्डनमा
    उत्कृष्ट नव निर्देशक – सम्राट शाक्य – यात्रा अ म्यूजिकल भ्लग
    उत्कृष्ट चरित्र अभिनेत्री – लक्ष्मी गिरी- छक्का पञ्जा –३
    उत्कृष्ट चरित्र अभिनेता – सरोज खनाल – क्याप्टेन
    उत्कृष्ट सह–अभिनेत्री – नम्रता सापकोटा – समर लभ
    उत्कृष्ट सह–अभिनेता – शलोन बस्नेत -यात्रा अ म्यूजिकल भ्लग
    उत्कृष्ट छायाँकार – सञ्जय लामा- ए मेरो हजुर –३
    उत्कृष्ट सम्पादक – विपिन मल्ल- छक्का पञ्जा –३
    उत्कृष्ट अभिनेत्री – नम्रता श्रेष्ठ – प्रसाद
    उत्कृष्ट अभिनेता – सलिनमान बानिया – यात्रा अम्यूजिकल भ्लग
    उत्कृष्ट निर्देशक – दीपाश्री निरौला – छक्का पञ्जा –३
    उत्कृष्ट पपुलर चलचित्र – ए मेरो हजुर-३ – सुहाना इन्टरटेनमेन्ट
    क्रिटिक्स​ अवार्ड​ – यात्रा अ म्युजिकल​ भ्ल​ग​
    जुरि अवार्ड​ – ड​म​रुको ड​न्डिबियो
    ईन्करेज​मेन्ट​ अवार्ड​ – सुकुल​गुण्डा
    उत्कृष्ट चलचित्र – छक्का पञ्ज – ३ – आमा सरस्वती मुभिज

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast