मंगलवार, जेष्ठ १३, २०७७
    बिदेश

    जापानका राजाको सम्वोधन : “विश्व शान्तिका लागि सँगै काम गरौँ”

    शनिबार, २१ बैशाख २०७६, आहाखबर

    टोकियो, २१ वैशाख ।

    जापानका नयाँ राजा नारुहितोले विश्व शान्तिका लागिसँग सगै काम गर्न आह्वान गर्नुभएको छ । राजामा नियुक्त भएपछिको पहिलो सम्वोधन गर्दै शनिबार उहाँले सवै देशहरुसँग हातमा हात मिलाएर अगाडी बढ्न आफूले चाहेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, “म गम्भिरतापूर्वक आग्रह गर्दछु कि, विश्व शान्ति र बाँकी विकासका लागि सवै देशहरुले सहकार्य गर्नु आवश्यक छ । जापानका १२६ औँ राजा ५९ बर्षीय नारुहितो टोक्योस्थित राजदरबारको शिशाले घेरिएको बार्दलीमा देखा पर्नु भएको थियो । 

    उहाँसँगै महारानी मासाकोसहित शाही परिवारका अन्य सदस्यहरु पनि देखा पर्नुभएको समाचारमा जनाइएको छ । महारानी मसाकोले पहेलो रंगको लामो कपडा लगाउनु भएको थियो भने गरगहनाहरु पनि लगाउनु भएको थियो । 

    जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हाल्नुभएको थियो । उहाँ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा हुनुभएको छ ।
    विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मङ्गलबार मध्यरातमा “क्रिसेन्थिमम थ्रोन” नाम दिइएको विशिष्टरुपमा सजाइएको राजगद्दीमा राखिएको थियो ।

    उहाँका बुबा सम्राट अकिहितोले मङ्गलबार राजगद्दी त्याग्नु भएको थियो । जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो । 

    पूर्व राजा अकिहितो र रानी मिचिको भने सो कार्यक्रममा सहभागी हुनु भएको थिएन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast