मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर#
    बैंक-बीमा

    राष्ट्र बैंकले जग्गाको मूल्याङ्कनका विषयमा कार्यविधि बनाउँदै

    शुक्रबार, २० बैशाख २०७६, आहाखबर

    काठमाडौँ, २० वैशाख ।

    नेपाल राष्ट्र बैंकले जग्गा, जमीन तथा सम्पत्तिको मूल्याङ्कनका विषयमा कार्यविधि बनाउने भएको छ । 

    नेपाल भ्यालुयर्स एशोसिएशनको चौथो अधिवेशनलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले अन्तर्राष्ट्रिय रुपमै महत्वपूर्ण र व्यावसायिक रहेको उक्त पेशालाई विश्वसनीय र वास्तविक बनाउन कार्यविधि ल्याउन लागिएको जानकारी दिनुभयो । चार वर्षअघि यस्तै विविध समस्याका कारण १६ बैंक समस्याग्रस्त भएकामा अहिले विस्तारै १४ बैंकले सेवा दिन थाले पनि दुई बैंक अझै अगाडि आउन नसकेको बताउनुभयो । 

    उहाँले कार्यविधि बनाएपछि जोखिम कम हुने विश्वास व्यक्त गर्नुभयो । कुनै पनि वस्तुको मूल्याङ्कन नभएमा मूल्य नै नहुने उल्लेख गर्दै उहाँले सानो कुराले समेत समग्रतामा असर गर्ने हुँदा सही रुपमा मूल्य निर्धारण गर्नसमेत मूल्याङ्कन कर्तालाई आग्रह गर्नुभयो । कुनै पनि बैंक तथा वित्तीय संस्थामा ऋण लिनका लागि जग्गा जमीन र सम्पत्तिको मूल्याङ्कनमा उनीहरुको आवश्यकता पर्छ । त्यही मूल्याङ्कनको आधारमा नै ऋण प्रदान हुन्छ । सही काम हुन सकेन भने संस्था बदनाम हुने र बैंकसमेत जोखिममा पर्ने भएकाले सचेत हुन गभर्नर नेपालले आग्रह गर्नुभयो ।

    विदेशी सङ्घसंस्थाले कुनै देशलाई ऋण दिन वा लगानी गर्नका लागिसमेत गार्हस्थ उत्पादन, आय, सम्पत्ति, राजनीति, नीति नियम कस्तो छ भन्ने जस्ता आधार लिने गरेकाले मापदण्डअनुसार चल्नुपर्नेमा उहाँले जोड दिनुभयो । गभर्नर नेपालले राष्ट्र बैंकले निर्माण गर्न लागेको कार्यविधिका विषयमा आवश्यक छलफलमा आउन नेपाल भ्यालुयर्स एशोसिएशन र इञ्जिनीयर्स एशोसिएशनका पदाधिकारीलाई आग्रह गर्नुभयो । एशोसिएशनका सचिव मुक्ति पाण्डेले २०६८ सालमा स्थापना भएको संस्थामा सदस्य थपिने क्रममा रहेको र प्रगतिउन्मुख हुँदै गएको जानकारी दिनुभयो । 

    उहाँले आवश्यक नीति, नियम र समन्वयमा राष्ट्र बैंकबाट स्पष्ट निर्देशन नभएकाले समस्या उत्पन्न भएको बताउनुभयो । प्राविधिक जनशक्तिबाट मूल्याङ्कन हुने भएकाले कानूनी कागजातको प्रमाणिकरण, भूमाफियाको चलखेल, नक्कली तथा किर्ते कागजका विषय चुनौतीका रुपमा रहेको उहाँको भनाइ थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast