बिहिवार, असोज २, २०७६
    लेख/संवाद

    आहा खबर विशेष

    “सगरमाथामा तेञ्जिङ्ग नोर्गेकै पालादेखिको फोहर बाँकी”

    शुक्रबार, २० बैशाख २०७६, आहाखबर

    काठमाडौँ, २० वैशाख

    विगत २ दशकदेखि पर्यटन व्यावसायमा सँलग्न रहँदै आउनुभएका पुर्ण कुमार (पिके) शेर्पा स्वयम् आफै एक पर्वतारोही समेत हुनुहुन्छ ।  देशका दर्जनौं हिमाल चढ्नेक्रममा शेर्पाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको समेत आरोहण गरिसक्नुभएको छ ।

    आफूले विशेषगरी नेपाल घुम्न आउने पर्यटकको सहयोगी भई पर्वतारोहण सुरु गरेको शेर्पा बताउनुहुन्छ ।

    हाल 'युएनओ ट्राभल एण्ड एड्भेन्चर'का सञ्चालक रहनुभएका शेर्पा ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेञ्जका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

    सगरमाथा विशेष गरी रातको समयमा चढ्ने गरिन्छ । सगरमाथाबाट सुर्य चन्द्रमा हेर्नुपर्यो भने तलतिर हेर्नुपर्छ ।

    पूर्वी नेपालको ताप्लेजुंगमा एक किसान परिवारमा जन्मिनुभएका शेर्पा  सानैदेखि नै मेहनती स्वभावको हुनुहुन्थ्यो । 

    पोर्टर, स्पेयर, किचन व्याय, कुक, एसिस्टेन्ट, गाइड र लिडर हुँदै एक परिपक्व पर्यटन व्यावसायी बन्न सफल शेर्पा हालका दिनमा हिमाल सरसफाईको अभियानलाई लिएर निकै सक्रिय बन्न थाल्नुभएको छ ।

     

    सगरमाथा चढाईको अनुभव

    पक्कै पनि विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्न त्यति सजिलो छैन । त्यसका लागि शारिरक, मानसिक लगायत सबै हिसाबले तयारी हुनुपर्छ ।

    त्यसो त पहिला पहिलाको तुलनामा अहिले सगारमाथा चढ्न निकै सजिलो भैसकेको छ । प्रविधिको फड्कोका कारण यो सबै संभव भएको हो । सामान्यतया सगरमाथा आरोहणका लागि १ महिनाजतिको समय लाग्छ । सगरमाथा विशेष गरी रातको समयमा चढ्ने गरिन्छ । सगरमाथाबाट सुर्य चन्द्रमा हेर्नुपर्यो भने तलतिर हेर्नुपर्छ ।

     

    धर्तीलाई हामी के दिदैछौ ?

    असाध्यै सरल व्यक्तित्वका धनी पिके शेर्पाको मनमा वाल्यकालदेखि नै प्रकृतिप्रतिको अगाध माया थियो । यस सन्दर्भमा कुरा गर्दै शेर्पाले भन्नुभयो, ‘मेरो जन्म नै प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा भएको थियो ।

    जहाँबाट सेताम्य हिमाल दृश्य सजिलै देखापथ्र्यो । त्यसैले त अहिलेसम्म पनि ममा त्यसको छाप बसेको छ । म सानैदेखि नै यो धर्ताीलाई हामी के दिन सक्छौं वा यसको जगेर्ना कसरी गर्न सक्छौं भनेर गहिरो विचारमा डुब्ने गर्थें ।’

     

    हिमालको सरसफाईमा शेर्पा

    विशेषगरी नेपाल घुम्न आउने पर्यटकको सहयोगी भएर पिके शेर्पाले पर्यटन क्षेत्रमा आफ्नो पहिलो पाइला चाल्नुभयो । पर्यटकलाई लिएर आरोहणका लागि जाने क्रममा शेर्पाले बिभिन्न हिमालमा फोहरको थुप्रो जम्मा भएको देख्नुहुन्थ्यो । त्यस्तो फोहर देख्ने वित्तिकै सफा उहाँ सफाईका लागि जुटिहाल्नुहुन्थ्यो ।

    शेर्पाले भन्नुभयो, ‘हामीले हिमाल घुम्नेक्रममा त्यसक्षेत्रमा धेरै नै प्रदुषण गर्ने रहेछौं । मलाई पनि पछिमात्रै त्यसको असरको बारेमा चेतना भयो ।

    त्यसैले अहिले पनि म अरुले हिमालमा फालेको फोहर फाल्ने गर्दछु । जुनकुरा म यसअघि देखि नै सक्रिय थिएँ । हिमाल सरसफाईको यो अभियानमा मेरो आफ्नै छोराले समेत मलाई साथ दिइरहेका छन् ।’

     

    हिमालमा जम्मा हुने फोहर र व्यवस्थापन

    शेर्पाका अनुशार पहिला पहिला हिमालमा जम्मा हुने त्यस्ता फोहरलाई जलाउने चलन थियो । तर पछि त्यस्ता फोहर जलाउनाले प्रकृतिमा झन् नराम्रो असर पर्ने देखिएपछि जम्मा गरेर अन्यत्रै लैजान थालियो ।

    ‘आज हामी सबैले यी हिमालका फोटो देखाएर बिजनेश गरिरहेका छौं भने यसको संरक्षणको दायित्व चाहिं कस्को ?’

    पर्वतारोही वा पर्यटकले आफ्ना साथमा लैजाने विभिन्न सामग्री वा खानेकुराको खोल लगायतलाई जहाँपायो त्यहीं फाल्नाले हिमाललाई धेरै नोक्शान पुगिरहेको सर्वविदितै छ ।

    हिमालमा फालिएका बिभिन्न वस्तु, टिन वा प्लाष्टिकका फोहर नष्ट नहुने भएकाले ती वस्तु कालान्तरमा ज्यादै घातक बन्न जाने बताइन्छ ।

    यस सन्दर्भमा आहा खबरसँग कुरा गर्दै शेर्पाले समास्या समाधानार्थ चेतना जगाउने हेतुले ‘स्टप थ्रोइड फोहर, स्टार्ट कलेक्टिंग मोहर ।’ नामक क्याम्पियन नै सुरु गरेको जानकारी दिनुभयो । साथै फोहर व्यवस्थापनका लागि आफूहरुले ‘थ्री आर’ अर्थात् रियुज, रिसाइकल, रिड्युस को फर्मुला अघि सारेको समेत प्रष्ट पार्नुभयो ।

    त्यस्तै, चाउचाउ, बिस्कुट लगायतका कम्पनीले समेत कर्पोरेट उत्तरदायित्वलाई मनन् गर्दै तत्काल गल्ने वा हिमाललाई असर नगर्ने खालका वस्तुहरुको प्रयोग गरी आफ्ना उत्पादनहरु बजारमा ल्याउनुपर्नेमा उहाँको जोड रहेको छ ।

     

    शेर्पाले देखेको त्यो हिमाल र यो हिमाल

    अहिले जलवायु परिवर्तनका कारण नेपालका कैयौं सेतै हिमाल अहिले कालो पहाडमा परिणत भएका छ । हिउँ भए पानी पानी रहे जीवन रहने भएकाले यसमा सबै गम्भीर हुनुपर्नेमा शेर्पा जोड दिनुहुन्छ ।  ।

    त्यस्तै, समुद्रमा समेत पनि हिमालको असर रहने भएकाले सम्पूर्ण धर्तीको हीतका लागि हिमालको जतन आवश्यक रहेको शेर्पा बताउनुहुन्छ । यस विषयमा गम्भीर हुँदै शेर्पाले भन्नुभयो, ‘आज हामी सबैले यी हिमालका फोटो देखाएर बिजनेश गरिरहेका छौं भने यसको संरक्षणको दायित्व चाहिं कस्को ?’

    ज्यादा कार्बन्डाइअक्साइड उत्पन्न हुँदा त्यसको नकारात्मक असर पुग्ने भएकाले त्यसको समाधानका लागि नयाँ रुख रोप्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

    सगरमाथाका प्रथम आरोही मध्येका एक सदस्य तेञ्जिङ्ग नोर्गे को पालादेखिको फोहर अझै सगरमाथामा बाँकी रहेको उहाँको दाबी छ ।  त्यस्तै, अझै १० वर्षसम्म पनि सगरमाथाको फोहर सफा हुन गाह्रो रहेको उहाँको जिकिर थियो ।

    शेर्पाले भावुक हुँदै भन्नुभयो, यसरी प्रकृति मासिएको देख्दा म एक्लै रुने गर्छु । हिमालसँग गहिरो नाता गाँसिएको अनुभव हुन्छ ।

    हिमालको संरक्षणका लागि केही गरौं भन्ने लागिरहन्छ । आफूले गरेको कामले यस सृष्टी बचाउनका लागि अलिकति नै भएपनि योगदान दिने इच्छा यो मनमा बाँकी नै रहन्छ ।’  

     

    सातै महादेशमा सम्मेलन गर्ने योजना

    धर्तीको उच्च भागमा रहने भएकाले सुर्यको पहिलो किरण पनि स्वभाविकरुपले हिमालमा नै पर्छ । ग्लोबल वार्मिङ्ग अर्थात् जलवायु परिवर्तनको बढी असर नेपालमा समेत परिरहेको छ ।

    त्यसैले हिमाल संरक्षणको साझा अभियानको सन्देशलाई विश्भर नै फैलाउने उद्देश्यले आफूहरु सातै महादेशमा सम्मेलन गर्ने तयारीमा रहेको शेर्पाले जानकारी दिनुभयो । शेर्पाको हिमाल संरक्षणको यो अभियानलाई बिभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल संस्था एड्माइर नेपालले समेत साथ दिइरहेको छ ।

     

    (सुविधानगरस्थित आहा मिडियाको कार्यालयमा आहा खबर डटकमका सम्पादक अर्जुन भुसालसँगको कुराकानीमा आधारित ।)

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast