आईतवार, असोज ५, २०७६
    मुभी-थिएटर

    बलिउड फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ को ट्रेलर सार्वजनिक, नेपालमा गरिएकोथियो छायांकन (भिडियो सहित)

    शुक्रबार, २० बैशाख २०७६, आहाखबर

    काठमाडौँ २० वैशाख ।

    फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ । बलिउड अभिनेता अर्जुन कपूर अभिनित ‘इन्डियाज मोस्ट वान्टेड’ को लगभग आधा छायांकन काठमाडौँ र पोखरा आसपास गरिएको छ ।  

    यस फिल्मको निर्देशन ‘रेड’ जस्तो सफल निर्देशन गरिसकेका राज कुमार गुप्ताले गरेका हुन् । टेलरमा अभिनेता अर्जुन कपूर र उनको टिम देशकै मोष्ट वान्टेड आतंकवादीलाई समात्न दौडिरहेका छन् । बिना हतियार पाँच जनाको सानो समुह मोष्ट वान्टेड आतंकवादीलाई समात्न नेपाल सम्म आइपुग्छन । फिल्म सत्य घटनामा आधारित रहेको बताईएको छ । फिल्ममा भारतीयसँगै नेपाली कलाकारहरुको पनि अभिनय छ ।

    फिल्म आगामी २४ मेमा रिलिज हुने यस फिल्ममा अर्जुन कपूर, राजेश शर्मा, प्रशान्त अलेक्सजेन्डर, शान्तिलाल मुखर्जी, सुवर्ण थापा, कमलमणी नेपाल र देवेन्द्र मिश्राको प्रमुख भूमिका रहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast