शनिबार, श्रावन ४, २०७६
    स्वाद/परिकार

    यसरी बनाउन सकिन्छ घरमै स्वादिष्ट आलुदम

    शुक्रबार, २० बैशाख २०७६, आहाखबर

    काठमाडौं,  २० वैशाख । 

    आलुलाई नकाटी पकाइने आलुदम आलुको एक स्वादिष्ट परिकार हो, जुन मासु, चिउरासँग वा यत्तिकै पनि खान सकिन्छ । आलुदम घरमै सजिलो तरिकाले बनाउन सकिन्छ ।

     

    सामग्रीहरु :

    उसिनेको आलु, प्याज , टमाटर, धनियाँ, खुर्सानी

    गरम मसला, धनियाँको दाना, जिरा, बेसार, नुन

    अदुवा र लसुन

     

    बनाउने विधि :

    सबै आलुमा काँटा चम्चाले प्वाल पार्ने ।

    त्यसपछि तेल तताएर बेसार र खुर्सानी फुराउने र आलु राख्ने ।

    त्यसपछि नुन पनि राखेर चलाउने ।

    आलु फ्राई भएपछि एउटा भाँडोमा निकाल्ने।

    त्यो बाँकी तेलमा लसुन, अदुवा, प्याज, खुर्सानी, टमाटरको मिक्स पकाउने ।

    मिक्स केही सेलाएपछि मिक्सरमा मिक्स गर्ने ।

    थोरै तेलमा जिरा र धनियाँ फुराउने र त्यसमा मिक्सलाई राखिदिने ।

    अब त्यसमा बाँकी मसला राखेर राम्रोसंग चलाउने ।

    त्यसपछि फ्राई गरेर राखेको आलु पनि राखेर चलाउने ।

    केही छिन पछि पानी राखेर चलाउने र छोपेर पकाउने  ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast