सलमानको ‘भारत’ दुई सय करोड क्लबमा सामेल ! यस्तो छ ग्रस कलेक्सन #आहा खबर# प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर#
    स्वास्थ्य

    स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध

    शुक्रबार, २० बैशाख २०७६, आहाखबर
     
    पोखरा, २० वैशाख । 
     
    स्वास्थ्य बीमा कार्यक्रमसँग कास्की र स्याङ्जा जिल्लाका विभिन्न छ सेवा प्रदायक संस्था आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पतालका लागि आयोजित स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली विषयक तीनदिने तालीमको समापनका अवसरमा कास्कीको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, नयाँबजारसहितका संस्था सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन् ।
     
    त्यस्तै स्याङ्जा जिल्लाअन्तर्गतका जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पताल, मालूँगा प्राथमिक स्वास्थ्य केन्द्र, गह्रौ घ्याङ्गलिङ प्राथमिक स्वास्थ्य केन्द्र र पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । सम्झौता कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ती संस्थालाई स्वास्थ्य बीमा बोर्डको सहयोगमा प्रदान गरिएका ल्यापटप हस्तान्तरण  गर्नुभएको थियो ।
     
    सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले सेवा प्रदायकलाई स्वास्थ्य बीमा कार्यक्रमको सुविधा प्याकेज पुस्तिका हस्तान्तरण गर्नुभयो । पौडेलले आगामी पाँच वर्षभित्र गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वास्थ्य बीमा कार्यकर्मलाई सबैले मिलेर सफल बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
     
    महानगर प्रमुख जिसीले संविधानमा उल्लेखित नागरिकका हक अधिकारसँग सम्बन्धित विषयलाई कार्यन्वयनमा जोड दिँदै समाजवादोन्मुख समाज निर्माणका लागि सबैले स्वास्थ्य बीमा गरी समयमै सुरक्षित हुनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रदेश सरकार, स्थानीय तह र जनताका बीचमा सहकार्य गरी अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
     
    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले आगामी आर्थिक वर्षसम्म देशका सबै जिल्लामा बीमा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले सरकारले सञ्चालन गरेको कार्यक्रमबाट एक नेपालीले अर्को नेपालीलाई सहयोग हुने बताउँदै यस कार्यक्रमबाट बालकदेखि ज्येष्ठ नागरिकलगायत सबैले लाभ लिनसक्ने धारणा राख्नुभयो ।
     
    कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खिमबहादुर खड्का, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेललगायतले समाजको तल्लो तहसम्म नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि गर्न सबै नागरिक स्वास्थ्य बीमामा आवद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । आर्थिक अभावका कारण कोही पनि नागरिक स्वास्थ्योपचार सेवाबाट वञ्चित हुन नपरोस् भनेर नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो ।
     
    नयाँ व्यवस्थाअनुसार पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० प्रिमियम तिरेपछि रु एक लाखसम्मको स्वास्थ्योपचार सुविधा स्वास्थ्य बीमा कार्यक्रममार्फत प्राप्त गर्न सकिन्छ । ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा स्वास्थ्य बीमा बोर्डमार्फत नै हुने गरेको छ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast