बुधबार, असोज १, २०७६
    लेख/संवाद

    किन ‘जस्ट स्लो मोशन’ मा राजधानीका मेयर विद्यासुन्दर शाक्य ?

    बिहिवार, १९ बैशाख २०७६, आहा खबर (विश्लेषण).

    काठमाडौं, १९ बैशाख ।

    नेपालमा झण्डै २ दशकपछि गत २०७४ साल जेठमा भएको स्थानीय तह निर्वाचनमा ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाले जनप्रतिनिधि पाए ।

    त्यसबेला जम्मा तीन  चरणमा चुनाव भयो ।  बैशाख ३१, असार १४ र  असोज २ मा गरेर निर्वाचन सम्पन्न गरिएको थियो  । 

    नेपालको संविधान २०७२ लागू भए पश्चात सम्पन्न भएको उक्त पहिलो स्थानीय तहको निर्वाचन तत्कालीन नेकपा एमाले सबैभन्दा ठुलो दल भएर उदायो ।

    देशभर कम्युनिष्ट बाहुल्य दलहरु भारी बहुमतका साथ विजयी भइरहँदा त्यसले राजधानीमा समेत निरन्तरता पायो । 

    राजधानी काठमाडौंमा केशव स्थापीत पछिको लोकल अनुहारका रुपमा एमालेका विद्यासुन्दर शाक्य आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई पराजित गर्दै मेयर पदमा धुमधामले निर्वाचित भए ।  

    हुनत त्यसबेला काठमाडौंको मेयरमा बन्नका लागि एमालेका केही केन्द्रीय नेताले नै इच्छा देखाएकाका खबर समेत बाहिर नआएका होइनन् । 

    तर, त्यसबेला ती आकांक्षीहरुले शीर्ष नेतालाई रिझाउने प्रयास गरेतापनि पछि सबैको रोजाइमा शाक्य नै परेका थिए ।

     

    नजीकबाट विद्यासुन्दर

    त्यसबेला एमाले काठमाडौं जिल्ला कमिटीको सचिव रहेका विद्यसुन्दरको को जन्म २०२० जेठ ९ गते काठमाडौंका लगन टोलस्थित अहिलेको वडा नम्बर २१ मा भएको हो । 

    विश्वनिकेतन स्कुल पढेका उनले आइकम र बिकम पुतलीसडकस्थित शंकरदेव क्याम्पसबाट उत्तीर्ण गरे। 

    परिवारको तेस्रो तथा कान्छो सन्तान विद्यासुन्दर २०३६ सालको विद्यार्थी आन्दोलनमा खुलेर बहुदल पक्षमा लागेपछि नजाँनिदो पारामा राजनीतिसँग जोडिए । 

     

    विद्यासुन्दरको काँधमा धेरै जिम्मेवारी  

    निर्वानका बेला इतिहास इतिहास भएकाले अब नयाँ इतिहास बनाउनुपर्छ भन्ने मान्यता उनीमा थियो । त्यसबेला उनीमा अलग्गै हौसला समेत देखिन्थ्यो ।

    वडा अध्यक्षबाट सिधै मेयरको फड्को मार्न आतुर शाक्य त्यसबेला काठमाडौं महानगरपालिकाको मतगणना स्थल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा दिनहुँ पुग्ने गर्थे । 

    मतगणनाका क्रममा अन्तिमसम्मै शाक्य अग्रस्थामा स्थानमा रहेपछि काठमाडौंले नयाँ युवा मेयर पाएको थियो । उसो त, त्यसबेला काठमाडौंबासीहरुले निकै अपेक्षा सहित जिताएका शाक्यको काँधमा जिम्मेवारीका भारी कम थिएनन् ।

    निर्वाचन जितेलगत्तै शाक्यले हिजोसम्म आफू एमालेको प्रतिनिधि भएतापनि अब उप्रान्त सबै महानगरवासीको प्रतिनिधि भएको बाचा गरेका थिए । सबैलाई  सबैलाई समेटेर अघि बढ्नु आफ्नो दायित्व बताएका उनै शाक्यको कार्यकाल २०७६ बैशाखसम्म आइपुग्दा त्यति स्मरणयोग्य हुन सकिरहेको छैन ।  

    यसअघि देशमा २ दशकसम्म स्थानीय निर्वाचन हुन नसक्दा जनताले आफ्ना प्रतिनिधि पाएका थिएनन्।

    लामो समयपछि आफू मेयरमा आएसँगै महानगरका जनतासँग टुटेको सम्बन्ध र घटेको विश्वास बढाउने जिम्मवारी पनि विद्यसुन्दरकै काँधमा आएको थियो ।

     

    कहाँ चुके त विद्यासुन्दर ?

    काठमाडौ आफैमा बढी जनघनत्वको शहर भएकाले यहाँ भित्र अनेकौ स-साना समस्याहरु छन् ।

    त्यसको सुक्ष्म अवलोकन गरेर तत्काल जनताले राहत पाउने खालका योजना ल्याई यथासीघ्र कायान्वयमा ल्याउने जोडमा उनी ढिलो भएको भन्न सकिन्छ । 

    शहरको बीच भागमा रहेको सुन्दर रानीपोखरीको यथासीघ्र पुननिर्माण, धुलो र जामको समस्या, खानेपानी र ढलको समस्या, बैकल्पिक वस्तीका कुरा लगायमा मेयरको हस्तक्षेपकारी भूमिकाको अपेक्षा गरेतापनि महानगरबासीपछि निराश भए ।

    जुन जोगी आएपनि कानै चिरेका भन्ने पुराना डाइलग चियापसल वा सामाजिक सञ्जालहरुमा मा फेरी गुञ्जिन थाले ।  

     

    कुलमानको फर्मूला किन प्रयोग नगर्ने ?

    २०५४ सालको स्थानीय चुनावमा वडा अध्यक्ष बनेका विद्यासुन्दरले त्यसको २० वर्षपछि देशकै राजधानीको मेयर बनेपछि कुनै दिन काठमाडौंको मेयर हुम्ला भन्ने नसोचेको बताएका थिए । अब उनै शाक्यको काँधमा काठमाडौंको शाख जोगाउने जिम्मेवारी छ । भूकम्पले त्रशित जनतालाई सुरक्षको आभाष दिलाउनुपर्ने छ । काठमाडौं एउटा शहर मात्रै नभएर देशकै राजधानी भएकाले अब शाक्य जाग्न जरुरी छ । 

    यसैबीच, शाक्यले पनि काठमाडौंबासीले भोगेका दैनिक समस्याको समाधानका लागि कुलमान घिसिंगले विद्युत प्राधिकरणमा प्रयोग गरेको फमूला किन प्रयोग नगर्ने भन्ने प्रश्न उठ्न सक्छ ।

    काठमाडौंको  कायापलटका लागि बाग्मती सरसफाई अभियान एउटा सकारात्मक सन्देश त होला तर त्यो मात्रैले अब नपुग्ने अवस्था छ ।  

    काठमाडौंलाई सुन्दर हराभरा खुल्ला अनि सुरक्षित शहर बनाउन अझैपनि महत्वपूर्ण योगदान दिनै मौका शाक्यसँग बाँकी नै छ ।

    मतगणनाका बेला आफूले प्राप्त गरेको मत उनी आफै टिप्ने समेत गरेका विद्यासुन्दरले चुनावका ती बेलालाई सम्झिएर काठमाडौं शहरको पुर्नजागरणका लागि नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ । अपेक्षा र समस्याका बोझ बोकेका महानगरबासीले अब आफ्नो भारी बिसाउन चाहेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast