कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    बैंक-बीमा

    बैकिङ क्षेत्र प्रविधिमैत्री, मोवाईल बैकिङ प्रयोगकर्ताको संख्या वृद्धि

    बिहिवार, १९ बैशाख २०७६, आहाखबर

    काठमाडौं, १९ वैशाख

    नेपालमा बैकिङ क्षेत्र थप प्रविधिमैत्री हुदै जादा पछिल्लो समय ई—सेवा, आई—पे, प्रभु पे लगायतका बिभिन्न कम्पनीहरुले अनलाईन पेमेन्टको सुविधाहरु उपलब्ध गराउने क्रम बढेको छ ।

    नेपाल राष्ट्र बैंकले पनि पछिल्लो समय नगदरहित कारोवारलाई थप प्रोत्साहन दिएसँगै अनलाईन पेमेन्ट कम्पनीहरुको संख्या बढ्नुको प्रत्यक्ष प्रभाव मोवाईल बैकिङ क्षेत्रमा परेको छ । 

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अर्थात चालु आर्थिक बर्षको माघ मसान्तसम्म नेपालमा मोवाईल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुको संख्या झण्डै ६४ लाख पुगेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार बिसं २०७४ पुसमा मोवाईल बैकिङ प्रयोगकर्ताको संख्या ३५ लाख ३० हजार दुई सय २७ रहेकोमा चालु आवको माघ मसान्तसम्ममा यस्तो संख्या बढेर ६३ लाख ९४ हजार नौ सय १६ पुगेको हो ।

    यसअवधिमा सञ्चालननमा रहेका २८ वटा बाँणिज्य बैकहरुमा मात्र ५८ लाख ६६ हजार पाँच सय ३१ जना मोवाईल बैंकिङ ग्राहक रहेकाछन् भने सञ्चालनमा रहेका ३३ वटा बिकास बैंक र २४ वटा फाईनान्स कम्पनीहरुमा क्रमश पाँच लाख नौ हजार आठ सय ९७ र १८ हजार चार सय ८८ जना रहेकाछन् । 

    यसैगरी इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि पछिल्लो समय निकै नै बढेको छ ।  राष्ट्र बैंकका अनुसार बिसं २०७४ पुसमा इन्टरनेट बैकिङ ग्राहकहरुको संख्या आठ लाख ४२ हजार चार सय ३१ रहेकोमा चालु आवको माघ मसान्तसम्म आठ लाख ५६ हजार छ सय ९५ पुगेको छ । यसअवधिमा बाँणिज्य बैंकहरुमा आठ लाख ३५ हजार दुुई सय ९३, बिकास बैंकहरुमा १७ हजार चार सय ४४ र फाईनान्स कम्पनीहरुमा तीन हजार नौ सय ५८ जना इन्टेरनेट बैकिङ ग्राहकहरु रहेकाछन ।  

    राष्ट्र बैंकका अनुसार एटिएम काउन्टरको संख्या पनि २०७४ पुसमा दुई हजार छ सय ३८ रहेकोमा २०७५ माघ मसान्तसम्म यस्तो संख्या बढेर तीन हजार ४९ वटा पुगेको छ । सो मध्ये बाँणिज्य बैकहरुको दुई हजार सात सय ७५, बिकास बैंकहरुको दुई सय ३८ र फाईनान्स कम्पनीहरुको ३६ एटिएम काउन्टरहरु सञ्चालनमा रहेकाछन ।

    यसैगरी डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या भने गत आवको पुस मसान्तसम्ममा ५७ लाख ६९ हजार एक सय २८ रहेकोमा चालु आवको माघ मसान्तसम्ममा ५९ लाख ६२ हजार आठ सय ३८ पुगेको छ ।

    सो मध्ये बाँणिज्य बैंकमा डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या ५७ लाख ९४ हजार नौ सय ३४ रहेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुमा क्रमश एक लाख ४० हजार नौ सय ३३ र २६ हजार नौ सय ७१ रहेको छ । क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या भने बिकास बैंक र फाईनान्स कम्पनीहरुमा सुन्य रहेको छ ।

    बाँणिज्य बैंकहरुमा भने चालु आवको माघ मसान्तसम्ममा क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या एक लाख पाँच सय २७ र प्रिपेड कार्ड प्रयोगकर्ताहरुको संख्या ६४ हजार चार सय ८४ रहेको छ । 

    विद्युतीय भुक्तानी उपकरणको प्रयोगको अवस्था 

    विवरण                                                 पुस २०७४                       २०७५ माघ मसान्त
    मोवाईल बैकिङ प्रयोगकर्ता                      ३५३०२२७                          ६३९४९१६ 
    इन्टरनेट बैंकिङ प्रयोगकर्ता                     ८४२४३१                             ८५६६९५ 
    एटिएम संख्या                                       २६३८                                ३०४९ 
    डेविट कार्ड प्रयोगकर्ता                           ५७६९१२८                          ५९६२८३८ 
    क्रेडिट कार्ड प्रयोगकर्ता                          ९४७१६                              १००५२७ 
    (श्रोत नेपाल राष्ट्र बैंक) 

    राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणालीलाई सुरक्षित, स्वस्थ्य र सक्षम बनाउने उद्देश्यले २०७२ असारमा छुट्टै भुक्तानी प्रणाली विभागको स्थापना गरे पश्चात क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ । भुक्तानी प्रणालीको सञ्चालन तथा व्यवस्थापनका लागि भुक्तानी तथा फर्छायौट ऐन (२०७५), भुक्तानी तथा फर्छ्यौट विनियमावली (२०७२), भुक्तानी सम्बन्धी कार्य गर्ने संस्था-संयन्त्रलाई प्रदान गरिने अनुमति नीति (२०७३), भुक्तानी सम्बन्धी निरीक्षण फ्रेमवर्क (२०७४) लगायतका कानूनी तथा नीतिगत व्यवस्थाहरु कार्यान्वयनमा रहेका छन् । सोही आधारमा बिद्युतीय भुक्तानी उपकरणहरु मोवाईल बैकिङ, इन्टरनेट बैकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या प्रत्येक बर्ष बढ्दै गएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast