आईतवार, असोज ५, २०७६
    मुभी-थिएटर

    चलचित्र ‘दाल भात तरकारी’ को रिलिज हुनुअघि नै धमाकेदार कमाइ, अग्रिम टिकट बुकिङ खुल्ला

    बिहिवार, १९ बैशाख २०७६, आहाखबर

    काठमाडौं, १९ वैशाख । 

    शुक्रबारदेखि रिलिज हुने मल्टिस्टारर चलचित्र ‘दाल भात तरकारी’ लाई मल्टिप्लेक्स सिनेमा हलले उच्च शो उपलब्ध गराएका छन् ।

    रिलिजअघि ओभरसिज, डिजिटल राइट्स र ब्रान्डबाट चलचित्रले दुई करोड कमाइसकेको बताइन्छ । मह सञ्चारको ब्यानरमा निर्मित चलचित्रलाई किरण केसीले बनाएका हुन् । उनकै छोरो सुदन केसी चलचित्रका निर्देशक हुन् ।

    चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का, आँचल शर्मा, प्रियंका कार्कीलगायतको अभिनय रहेको छ । रिलिज हुनुअघि नै चलचित्रका गीतहरू हिट भइसकेका छन् । कमेडी जनरामा बनेको चलचित्र भएकाले पनि मल्टिप्लेक्स सिनेमा भवनहरूले उच्च शो दिएका हुन् । चलचित्रका संगीतकार शम्भुजित बासकोटा हुन् ।

    क्युएफएक्सले सर्वाधिक २० शो उपलब्ध गराएको छ । ‘दाल भात तरकारी’ बिग मुभिज, क्युज सिनेमा, एफक्युब, बीएसआर, सिटीम्याक्स, गोपी, गुण, अष्टनारायण, बाराहीलगायत करिब सय हलमा लाग्दैछ । चलचित्रले बुधबारदेखि नै अग्रिम बुकिङ खुलाएका हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast