बुधबार, जेष्ठ २१, २०७७
    बिदेश

    भेनेजुएला सङ्कट : सैन्य विद्रोह विफल भएपछि देशभर हडताल

    बिहिवार, १९ बैशाख २०७६, - बीबीसी.

    भेनेजुएला, १९ बैशाख । 

    भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोले निरन्तर हडताल र विरोध प्रदर्शनको आह्वान गरेका छन्।

    विपक्षी समर्थक प्रदर्शनकारीहरूले सरकारी फौजसँग हिंसात्मक झडपहरू भएको भोलिपल्ट बुधवार पुनस् ठूला प्रदर्शन जारी राखे ।

    साथै सरकार समर्थकहरूले पनि प्रदर्शन गरेका छन्।

    भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता ग्वाइदोले गराउन खोजेको सैन्य विद्रोह विफल पारिएको दाबी गरेका थिए।

     

    निरन्तर हडताल

    राष्ट्रपति मदुरोले आफ्ना समर्थकलाई सडकमा भेला भएर विपक्षीको प्रतिकार गर्न आह्वान गरेपछि दुई पक्षबीच तनाव चर्किएको हो।

    विपक्षी नेता ग्वाइदोले आफूलाई सेनाले समर्थन गरेको बताएका छन् मदुरोले भने फौजको समर्थन आफूलाई भएको दाबी गरेका छन्।

    ग्वाइदोले अब राष्ट्रपति निकोलास मदुरोलाई सत्ताबाट नहटाउन्जेल शृङ्खलाबद्ध तथा निरन्तर हडतालको आह्वान गरेका छन्।

    सैन्य विद्रोह गराउने उनको योजना विफल भएको भोलिपल्ट भेला भएका हजारौँ प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै उनले अबको चरणमा सरकारी कर्मचारी हडतालमा सामेल हुने बताए।

    तर हालसम्म ग्वाइदोका आह्वानले मदुरो सरकार अपदस्थ पार्न सकेको छैन। ग्वाइदोले जेनुअरीमा आफैँलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

    उनको घोषणालाई अमेरिका, ब्रिटेन तथा ल्याटिन अमेरिकाका अधिकांश देशसहित ५० भन्दा धेरै राष्ट्रले समर्थन गरेका छन्।

    तर मदुरोलाई भने रुस, चीन एवं सेनाका वरिष्ठ नेतृत्वको समर्थन प्राप्त छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast