रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर#
    खेल संसार

    अन्तिम विश्वकप खेल्दैछन् यी ५ क्रिकेटका 'बाहुबली'हरू

    बुधबार, १८ बैशाख २०७६, आहाखबर

    एजेन्सी, १८ वैशाख । 

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरू हुन एक महिना बाँकी छ । इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकपबारे विभिन्न चर्चा भइरहेका छन् । 

    यी खेलाडीहरु एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपको खेल करीअरको अन्त्यतिर छन् । 

     

    १. इमरान ताहिर 

    विकेट लिएपछि हावामा हात फैलाउँदै तिव्रगतिमा कुँदेर सेलिब्रेसन गर्ने दक्षिण अफ्रिकाका लेगस्पिनर इमरान ताहिर यो विश्वकपपछि एकदिवसीय खेलमा मैदान देखिने छैनन् । उत्कृष्ट सेलिब्रेसनका कारण एमरान मैदानमा सधै चर्चामा रहन्थे ।

    उत्कृष्ट प्रदर्शनका कारण धेरै लामो यात्रा तय गरेका इमरान यो विश्वकपछि एकदिवसीय खेलमा नदेखिने भएका हुन् । उनी पनि आफ्ना टिममेट डुमिनीजस्तै ट्वान्टी-२० खेलका लागि भने उपलब्ध हुनेछन् । दक्षिण अफ्रिकाका सर्वाधिक सफल स्पीनरमध्येका एक ताहिरले ९८ एकदिवसीय खेलमा १ सय ६२ विकेट लिएका छन् । 

     

    २. सोयब मलिक

    सधैँ एकनास प्रदर्शन गर्ने ब्याटसम्यानको परिचय बनाएका पाकिस्तानका कप्तान सोयब मलिकका लागि यो विश्वकप अन्तिम हुनेछ । पाकिस्तानका सफल क्रिकेटर मध्येका एक भेट्रान सोयबले २ सय ८२ एकदिवसीय खेलमा ७ हजार ४ सय ८१ रन बनाएका छन् ।

    पाकिस्तानका लागि सर्वाधिक अर्धशतक बनाउने सोयबले १ सय ५६ विकेट लिएका छन् भने ९६ क्याच गरेका छन् । १९९९ मा करीअर सुरुआत गरेका उनले गतवर्ष जुनमा जिम्बाबे भ्रमणका बेला सन्यास लिने घोषणा गरेका थिए । 

     

    ३. डेल स्टेन

    दक्षिण अफ्रिकन खेलाडी डेल स्टेन विश्व क्रिकेट जगतमा एक प्रख्यात खेलाडीको रुपमा रहेका छन् । उनी विश्वकै सबैभन्दा फास्ट र सबैभन्दा धेरै घातक बलिङ गर्ने खेलाडीको रुपमा चिनिन्छन् । 

    ३५ वर्षीय स्टेन राइट आर्म फास्ट बलरको रुपमा परिचित छन् । गतवर्ष मात्र उनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन् २००४ मा एकदिवशीय क्रिकेटमा डेब्यू गरेका स्टेनका लागि २०१९ को एकदिवसीय विश्वकप अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । एकदिवसीय क्रिकेटमा कुल ६ हजार २ सय ५६ बलमा स्टेनले १ सय ९६ विकेट लिएका छन् ।

     

    ४.क्रिस गेल 

    वेष्ट इन्डिन्जका सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा रहेका क्रिस गेलका लागि यो विश्वकप अन्तिम हुनेछ । उनले यो विश्वकपपछि सन्यास लिने घोषणा गरिसकेका छन् । ३९ वर्षीय गेलले गत फेब्रुअरीमा ७ महिनापछि वेष्ट इन्डिजलाई एकदिवसीय सेटमा फर्काएका थिए ।


     
    इंग्ल्यान्डविरुद्धको सिरिजअघि उनले विश्वकप आफ्ना लागि अन्तिम हुने घोषणा गरेका थिए । उक्त सिरिजमा उनले ४ सय २४ रन बनाएका थिए । उनले दूई शतक र दुई अर्धशतक बनाएका थिए । उनले १९९९ मा भारतविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । 

     

    ५ .जेपी डुमिनी 

    दक्षिण अफ्रिकाका अलराउण्डर जेपी डुमिनी ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा देखिए पनि यो विश्वकपपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा मैदानमा देखिने छैनन् । घाइते भएको केही समयपछि मार्चमा उनले एकदिवसीय फर्मेटबाट आफू अलग्गिने घोषणा गरेका थिए । तर केही समयपछि उनले घरेलु मैदानमा हुने विश्वकपमा आफू आबद्ध हुने बताएका थिए ।


     
    ३५ वर्षीय जेपीले श्रीलंकाविरुद्ध एकदिवसीय अन्तराष्ट्रिय खेलमा डेब्यू गरेका थिए । उनीसँग यस्तो क्षमता थियो तर चोटका कारण उनले देखाउन सकेनन् । तरपनि उनी ५ हजार ४७ रनका साथ दक्षिण अफ्रिकाको शीर्ष १० खेलाडीमा समावेश छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast