बुधबार, जेष्ठ २१, २०७७
    बिदेश

    जब भेनेजुयलामा प्रदर्शनकारीमाथि सरकारले यसरी गाडी कुदायो (भिडियो)

    बुधबार, १८ बैशाख २०७६, आहाखबर

    एजेन्सी, १८ वैशाख ।

    अमेरिका र युरोपेली संघको साथ पाएका स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता हुँवाले मंगलबार राष्ट्रपति निकोलास मादुरोको शासन समाप्त हुने बताएका थिए ।

    राजनीतिक संकटबाट गुज्रिरहेको भेनेजुयलमा राष्ट्रपति मादुरो समर्थक सेनाले प्रदर्शनकारीमाथि गाडी कुदाएका छन् ।

    गोइदोको आह्वानमा त्यहाँ प्रदर्शन भएको थियो । प्रदर्शनले हिँस्रक रुप लिएपछि सेनाले प्रदर्शनकारीमाथि गाडी कुदाएका हुन् ।

    उनले आफूलाई देशको सेनाको साथ भएको दाबी गर्दै जनतालाई मादुरोविरुद्ध प्रदर्शनमा उत्रन आह्वान गरेका थिए । उनले आफूले सेनासँग मादुरोलाई राष्ट्रपतिबाट हटाउन सहयोग मागेको बताएका थिए ।

    प्रदर्शनको घटनापछि राष्ट्रपति निकोलास मादुरोले गोइदोको नेतृत्वमा भएको 'कु'को प्रयास असफल भएको बताएका छन् । राष्ट्रपति मादुरोले प्रदर्शनकारीले वैधानिक सरकारलाई असफल बनाउन खोजेको आरोप लगाएका छन् । उनले यो सब अमेरिकाको खेल भएको जनाएका छन् ।

    उता गोइदोले अझै पनि मादुरोलाई सेनाको साथ नभएको बताइरहेका छन् । मादुरोले भने आफूलाई पूर्ण रुपमा सेनाको साथ भएको दाबी गरेका छन् ।

    राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिरहेको भेनेजुएलामा गोइदोलाई अमेरिका र युरोपेली संघको साथ छ भने राष्ट्रपति निकोलास मादुरोलाई रुस, चीन, मेक्सिको लगायतका राष्ट्रको समर्थन छ ।

    यसअघि मादुरोले अमेरिकाले गोइदोलाई प्रयोग गरेर भेनेजुएलामा कुको प्रयास गरेको आरोप लगाएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast