बुधबार, असोज १, २०७६
    बैंक-बीमा

    नबिल बैंक र PDCN बीच खेल प्रबर्धनका लागि सम्झौता

    बुधबार, १८ बैशाख २०७६, आहाखबर

    काठमाडौं, १८ बैशाख । 

    विशेष गरी बास्केटबल खेलमा युवाहरुको सकृयता प्रबर्धन गर्ने उद्दे्श्यसहित नबिल बैंक र Play For Deprived Children Nepal (PDCN) बिच सम्झौता भएको छ । बिशेषत बास्केटबल खेलमा युवाहरुको सकृयता प्रबर्धन गर्नको लागि नबिल बैंक नेपाल बास्केटबल लिगको बैंकिङ साझेदार बनेको बैंकले जनाएको छ । 

    यसै साता काठमाडौंको महाराजगन्जस्थित नेपाल पुलिसको प्रिशिक्षणालयमा आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान सदिना श्रेष्ठ र सधिश प्रधानको उपस्थितिमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र PDCN का अध्यक्ष अरुण कार्कीले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

    उक्त अवसरमा कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सम्झौताबारे प्रकाश पार्दै आफूहरुलाई नेपाल बास्केटबल लिगको बैंकिङ साझेदार बन्न पाउदा ज्यादै खुशी लागेको तथा यसबाट बास्केटबल खेललाई देशैभर थप लोकप्रिय बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । 

     

    यस्तो छ लिगको कार्यतालिका  

    नेपाल बास्केटबल लिग बैशाख १५, २०७६ बाट सुरु भएको खेल श्रावण ६, २०७६ मा समापन हुनेछ । प्रतियोगिता जम्मा ५५ दिनसम्म चल्नेछ ।

    प्रतियोगितामा प्रथम, द्वितिय र त्रितिय स्थान हासिल गर्ने बिजयी टोलिले क्रमश रु २००,००० रु १००,००० र रु ५०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast